एनआरएन इन्फ्रास्ट्रक्चरको शेयर किन्नेको भीड, सर्किट मूल्यमा ४६ हजार कित्ता कारोबार


प्राथमिक शेयर सूचीकरण भएर पहिलो पटक कारोबारमा आएको दिन उच्च मूल्यमा एनआरएन इन्फ्रास्ट्रक्चरको धेरै शेयर कारोबार भएको छ । बेच्नेभन्दा किन्नेको संख्या धेरै भएकाले मार्केट डेफ्थमा बिक्रेता देखिएका छैनन् । बेच्नेहरुले धमाधम १० प्रतिशतले बढेको मूल्यमा शेयर बिक्री गरिरहेका छन् ।

बजार खुलेको १४ मिनेटमा नै कम्पनीको शेयरमूल्य ३० रुपैयाँले बढेर सर्किट लागेको छ । ३०६ रुपैयाँमा पहिलो कारोबार भएको शेयर ३३६ रुपैयाँ पुग्दा डेढ घण्टको अवधिमा ४६ हजार कित्ताभन्दा बढी कारोबार भएको छ ।

एकै पटकमा ३३६ कित्तासम्म कारोबारमा आएको एनआरएन इन्फ्रास्ट्रक्चरको शेयर १० कित्ताको दरमा धेरै कारोबार भईरहेको छ । अधिकांश शेयर ब्रोकरहरुबाट मिश्रित रुपमा शेयर खरिद भईरहेको छ । 

१० प्रतिशतले बढेको मूल्यमा १ हजार ४४७ वटा अर्डर बाट ३ लाख १९ हजार कित्ता शेयर खरीद अर्डर प्लेस भएको छ । कुल १ हजार ५२८ वटा खरीद अर्डरबाट ३ लाख ३६ हजार ९९७ कित्ताको माग मार्केट डेप्थमा देखिन्छ।

 

 

दोस्रो बजारमा उच्च शेयरमूल्यमा देखिएको मागले कम्पनीको आईपीओ नभरेका लगानीकर्ताहरु भने आफुले आईपीओ नभरेकोमा पछुतो मान्ने अवस्था देखिएको छ।  यसअघि डेढ घण्टाको अवधिमा बिक्रीमा आइरहेको शेयर पछिल्लो आधाघण्टा यता भने ज्यादै न्यून संख्यामा मात्र बिक्रीमा आइरहेको छ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।