नेपाल रि-इन्स्योरेन्सको शेयरमूल्य ऐतिहासिक उचाईमा, कारोबार संख्या र रकम पनि बढ्दै

0
Shares

नेपाल रि इन्स्योरेन्स (NRIC) को शेयरमूल्य भदौ १० गते बुधबार आइपुग्दा आलसम्मकै उच्च बिन्दु अर्थात प्रतिकित्ता ७१२ रुपैयाँ पुगेको छ। यस साताको सुरुदेखि नै कम्पनीको शेयरमूल्यमा निरन्तर वृद्धिका साथै कारोबार संख्या र रकममा समेत बढोत्तरी हुँदै आइरहेको छ।

कारोबार रकम पनि क्रमश वृद्धि हुँदै आइरहेको छ। गत बुधबार यता एक सातामा कम्पनीको शेयरमूल्य १३३ रुपैयाँले वृद्धि भएको छ। गत बुधबार ५७९ रुपैयाँमा रहेको कम्पनीको शेयर आज आइपुग्दा प्रतिकित्ता ७१२ रुपैयाँमा अन्तिम पटक कारोबार भएको छ।

गत बुधबार (भदौ ३ गते) १.८६ प्रतिशतले घटेको कम्पनीको शेयर बिहीबार सामान्य वृद्धि भयो भने आइतबार २.२३, सोमबार ४.७०, मंगलबार ७.६९ र आज बुधबार पनि ५.८० प्रतिशतले बढेको छ।

शेयरमूल्यसँगै कम्पनीको शेयर कारोबार संख्यामा पनि बढोत्तरी हुँदै आएको देखिन्छ। आइतबार १ लाख १३ हजार ८९ कित्ता शेयर कारोबारमा आएकोमा सोमबार ३ लाख ५१ हजार २५२, मंगलबार ४ लाख ४३ हजार २४३ र बुधबार ४ लाख ९२ हजार ९४८ कित्ता शेयर कारोबार भएको छ।

कारोबार संख्या वृद्धि हुँदै कम्पनीको शेयरमूल्यसँगै बढ्दो क्रममा रहेकाले कम्पनीको शेयर बुलिस ट्रेण्डमा गएको देखिन्छ। कारोबार रकमले पनि त्यसलाई पुष्टि गर्दछ। गत बुधबार ६ करोड ८१ लाखको शेयर कारोबार भइए बिहीबार घटेर २ करोड ३० लाखको कारोबारमा संकुचन भएकोमा पुन आइतबार ६ करोड ६८ लाखको शेयर करोबार भएकोमा सोमबार, मंगलबार र बुधबार तीन कारोबार दिनमा नेप्सेमा सूचीकृत भई कारोबारमा आएका कम्पनीमध्ये सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा नेपाल रि इन्स्योरेन्स समेटिएको छ। सोमबार २१ करोड ६० लाखको कारोबार भएकोमा बुधबार आउँदा कारोबार रकम करिब ३५ करोड पुगेको छ।

 

कारोबार संख्या वृद्धि हुँदै कम्पनीको शेयरमूल्यसँगै बढ्दो क्रममा रहेकाले कम्पनीको शेयर बुलिस ट्रन्डमा गएको देखिन्छ । असार १५ गते कारोबार नेप्सेले दिएको अधिकतम कारोबार रेञ्ज ४२४ रुपैयाँमा कारोबार सुरु भएकोमा सुरुवाती २ दिनमा नकारात्मक सर्किट लागेर घटेको कम्पनीको शेयर यसबीचमा ४३ दिन कारोबारमा आएको छ। जसमध्ये २० दिन कम्पनीको शेयरमूल्य घटेको छ भने २३ कारोबार दिनमा बढेको छ।

पिभोट एनालाइसिस अनुसार कम्पनीको पिभट प्वाइन्ट ७०३ रहेको छ भने पहिलो प्रतिरोध बिन्दु ७३५ रुपैयाँ रहेको छ। सो बिन्दुलाई पार गरेमा दोस्रो प्रतिरोध बिन्दु ७५८ रुपैयाँ र सो बिन्दुलाई समेत पारि गरेमा कम्पनीको शेयरमूल्य तेस्रो प्रतिरोध बिन्दु ७९० रुपैयाँसम्म पुग्ने देखिन्छ।

यसैगरि कम्पनीको खरीद चाप धेरै आई शेयरमूल्यमा घटेमा पहिलो सर्पोट बिन्दु ६८० रुपैयाँसम्म झर्नसक्ने देखिन्छ। तीब्र बिक्री चाप आई सो बिन्दुलाई तोडेमा ६४८ रुपैयाँमा दोस्रो सर्पोट बिन्दु रहेको छ। सो बिन्दुलाई पनि तोडेर शेयरमूल्य अझ घटेमा ६२५ रुपैयाँमा अन्तिम तथा तेस्रो सर्पोट बिन्दु रहेको छ।

सर्वसाधारणमा १ करोड ६० लाख कित्ता साधारण शेयर जारी गरेको कम्पनीको शेयरले क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा नेपालबाट इक्रा एनपी आईपीओ ग्रेड २ रेटिङ्ग प्राप्त गरेको थियो। ग्रेड २ रेटिङ्गले कम्पनीको आधारभूत अवस्था औषतभन्दा बलियो रहेको संकेत गर्दछ।

चैतसम्म जीबन र निर्जीबन बीमा व्यवसायबाट ९१ करोड १६ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले गत आवको चौथौ त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्न बाँकी छ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिष्कृत विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ १३९ रुपैयाँ ४३ पैसा रहेको छ भने प्रतिशेयर आम्दानी १४.४७ रुपैयाँ छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले १ अर्ब ८८ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको थियो। यस अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ १५३ रुपैयाँ ५८ पैसा र प्रतिशेयर आम्दानी ११ रुपैयाँ ९५ पैसा कायम हुने प्रक्षेपण गरेको छ।

कुन ब्रोकर कम्पनीका लगानीकर्ताहरुसँग कति छ शेयर ?

असार १५ गते कारोबार सुरु भययताको यस अवधिमा ब्रोकर नम्बर ३६ सेक्युर्ड सेक्युरिटीजबाट सबैभन्दा धेरै ४ लाख ८८ हजार ३८४ कित्ता खरीद भई ३ लाख २ हजार ३२६ कित्ता शेयर बिक्री भएको देखिन्छ। यस आधारमा हेर्दा सो ब्रोकरबाट शेयर खरीद गर्ने लगानीकर्ताहरुले १ लाख ८६ हजार ५८ कित्ता शेयर होल्ड गरेका छन्।

ब्रोकर नम्बर २८ श्रीकृष्ण सेक्युरिटीजबाट ४ लाख ९४६ कित्ता खरीद भई २ लाख २० हजार २२७ कित्ता शेयर बिक्री भएको देखिन्छ। सो ब्रोकरबाट खरीद गर्ने लगानीकर्ताहरुसँग १ लाख ८० हजार ७१९ कित्ता होल्ड रहेको देखिन्छ।

यस्तै ब्रोकर नम्बर ५९ दीब्या सेक्युरिटीजबाट ३ लाख २३ हजार २१० कित्ता खरीद भई १ लाख ७२ हजार ४७४ कित्ता शेयर बिक्री भएको देखिन्छ। सो ब्रोकरबाट खरीद गर्ने लगानीकर्ताहरुले १ लाख ५० हजार ७३६ कित्ता शेयर होल्ड गरेका छन्।

चौथो नम्बरमा रहेको क्रिष्टल कञ्चनजङ्गा सेक्युरिटीजबाट शेयर खरीद गरेका लगानीकर्ताहरुसँग १ लाख ४५ हजार ३०४ कित्ता, पाँचौं नम्बरमा रहेको ब्रोकर नम्बर ६, अग्रवाल सेक्युरिटीजबाट शेयर खरीद गरेका लगानीकर्ताहरुले १ लाख ४ हजार ४१६ र छैटौं नम्बरमा रहेको स्वेता सेक्युरिटीजका लगानीकर्ताहरुले १ लाख २ हजार ९९७ कित्ता शेयर होल्ड गरेका छन्।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।