नेप्सेमा छैटौं दिनमा करेक्शन, ७० बढेपछि ४ अंक घट्यो

0
Shares

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि देशका ४७ जिल्लाहरुमा निषेधाज्ञा जारी भएपनि पाँचदिनसम्म लगातार वृद्धि भएर ७० अंक बढेको शेयर बजार सूचक नेप्सेमा छैटौं दिनमा आएर ४ अंकको सामान्य करेक्शन देखिएको छ।

यसबीचमा अल्पकालीन कारोबारीहरुले ‘प्रोफिट बुक’ गर्दा पनि बिहीबार नेप्सेमा दबाब देखिएको छ। दिनभरजस्तो तीब्र उतार-चढाव भोगेको नेप्से अन्तत: ४ अंकले घटेर १ हजार ४५८ दशमलव ०४ बिन्दुमा बन्द भएको छ।

बिहीबार १८८ कम्पनीको ४९ लाख ६७ हजार ४०३ कित्ता शेयर २८ हजार ३८५ पटक कारोबार भयो। यसबाट १ अर्ब ९८ करोड १७ लाख ६१ हजार रुपैयाँको शेयर खरीद बिक्री भएको छ। कारोबार रकम भने अघिल्लो दिनको तुलनामा ६७ करोड बढीले घटेको हो ।  आज कारोबारमा आएका उत्पादनमुलक, निर्जीवन र जीवन बीमाको बाहेक बाँकी ९ वटै उप समूहको सूचक नकारात्मक रहेका छन् । ब्यापार होटल र विकास बैंकको सूचक १ प्रतिशत धेरैले घटेको छ।

नेप्से सूचक घटेपनि कारोबार रकममा देखिएको बढोत्तरीले भने लगानीकर्तालाई बजारले अझै उत्साहित बनाइराख्ने देखिन्छ। निषेधाज्ञाकै अवस्थामा अनलाइनका माध्यबाट घरबाटै शेयर कारोबार गर्ने अवस्थामा पनि दैनिक करिब २ अर्बको कारोबार हुनुले पनि सो कुराको पुष्टि गर्दछ। अनलाइन कारोबारमा लगानीकर्ता अभ्यस्त भएपछि बजारमा सकारात्मक प्रभाव परेको हो ।

साथै केहि समय अगाडि सार्वजनिक निष्काशन भएका प्राथमिक शेयरहरु १० कित्ताका दरले दोस्रो बजारमा किनबेच हुँदा कारोबार संख्या र कित्ता समेत बढ्न थालेको छ । ब्रोकरबाट भन्दा लगानीकर्ताको आफ्नै हातबाट अनलाइन मार्फत धेरै संख्यामा कारोबार हुन थालेपछि कारोबार संख्या, शेयर कित्ता तथा रकममा समेत सुधार आइरहेको हो।

निषेधाज्ञाका कारण लगानीका अन्य क्षेत्र संकुचित हुँदा बैंकहरुबाट कर्जा प्रवाह ठप्पजस्तै छ। जसले बैंकिङ्ग प्रणालीमा लगानीयोग्य तरलता रहेको र ब्याजदर समेत घटेको अवस्थामा पूँजी बजारमा सकारात्मक प्रभाव परिरहेको देखिन्छ । पछिल्लो समयमा बैंकहरुमा निक्षेप थुप्रिएको अवस्था छ भने लगानी गर्ने अवसर पाउन सकेका छैनन् । बैंकमा सस्तो दरमा निक्षेप राख्नुभन्दा शेयर बजारमा गरिने लगानीबाट बैंक ब्याजभन्दा धेरै रिर्टन पाइने अवस्थाले बजार बढाएको विश्लेषकहरु बताउँछन् ।

नेपाल रि-इन्स्योरेन्सको उच्च कारोबार

बिहीबार कारोबारमा आएका कम्पनीमध्ये नेपाल रि-इन्स्योरेन्सको उच्च कारोबार भएको छ। कम्पनीको ३ लाख २५ हजार ११७ कित्ता शेयर २३ करोड १२ लाख ९४ हजार रुपैयाँमा खरीद बिक्री भएको छ।

नेको इन्स्योरेन्स १२ करोड ४६ लाख, शिवम् सिमेन्ट ९ करोड ५१ लाख, एनआईसी एशिया बैंक ८ करोड ३१ लाख, नेपाल लाइफ ७ करोड ३९ लाख, एनएमबि बैंक ६ करोड ९५ लाख, सूर्या लाइफको ६ करोड ९३ लाख, प्रभु इन्स्योरेन्स ५ करोड ४८ लाख, नेपाल इन्स्योरेन्स ५ करोड २७ लाख, एशियन लाइफ इन्स्योरेन्सको ५ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भयो ।

Symbol Turnover Closing Price
As of 2020-08-27 15:00:00
NRIC 231,294,329.00 709.00
NIL 124,689,556.00 777.00
SHIVM 95,188,408.00 680.00
NICA 83,147,088.00 588.00
NLIC 73,912,998.00 1,372.00
NMB 69,553,515.00 426.00
SLICL 69,369,481.00 546.00
PRIN 54,801,954.00 567.00
NICL 52,777,807.00 520.00
ALICL 50,376,919.00 699.00

एनआरएन इन्फ्रास्ट्रक्चरको शेयरमूल्यमा सर्किट

धितोपत्रको दोस्रो बजारमा बुधबारदेखि शेयर कारोबार सुरु भएको एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको शेयरमूल्यमा दोस्रो दिन बिहीबार पनि सकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयर ३३ रुपैयाँले बढेर प्रतिकित्ता ३६९ रुपैयाँ पुगेको छ।

यस्तै दीब्यश्वरी हाइड्रोपावर र शिवम् सिमेन्टसको शेयरमूल्य ५ प्रतिशत धेरैले बढ्दा कालिका पावर, नबिल ब्यालेन्स्ड फण्ड २, नेशनल हाइड्रोपावर, हिमालयन पावर, बरुण हाइड्रोपावर, राधी विद्युत कम्पनी, सगरमाथा इन्स्योरेन्सका शेयरधनीले पनि ३ प्रतिशत धेरैले बिहीबारको बजारबाट कमाएका छन्।

Symbol- Gainers LTP Point Change % Change
As of 2020-08-27 15:00:00
NRN 369.00 33 9.82
DHPL 52.00 3 5.84
SHIVM 680.00 33 5.10
KPCL 109.00 5 4.81
NBF2 9.89 0 4.44
NHPC 54.00 2 3.85
HPPL 144.00 5 3.60
BARUN 88.00 3 3.53
RADHI 181.00 6 3.43
SIC 854.00 25 3.02

सामुदायिक र गुराँस लघुवित्तको शेयरमूल्य धेरै घट्यो

आज कारोबारमा आएकामध्ये सामुदायिक लघुवित्त र गुराँस लघुवित्तको शेयरमूल्य ४ प्रतिशत धेरैले घटेको छ ।

यस्तै रसुवागढी हाइड्रोपावर, विशाल बजार कम्पनी, महालक्ष्मी विकास बैंक, घलेम्दी हाइड्रोपावर, र समृद्धि फाइनान्सका लगानीकर्ताले आजको बजारबाट ३ प्रतिशत धेरैले गुमाएका छन् ।

Symbol- Losers LTP Point Change % Change
As of 2020-08-27 15:00:00
SLBSL 825.00 -35.00 -4.07
GLBSL 807.00 -34.00 -4.04
RHPL 147.00 -6.00 -3.92
BBC 1,553.00 -63.00 -3.90
MLBL 191.00 -7.00 -3.54
GHL 60.00 -2.00 -3.23
SFCL 125.00 -4.00 -3.10
FMDBL 555.00 -17.00 -2.97
GGBSL 806.00 -24.00 -2.89
MLBBL 746.00 -22.00 -2.86

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ भदौ २०७७, बिहीबार  १६ : ०० बजे