रिलायन्स लाइफ इन्स्योरेन्सका कर्मचारीले कति पाए शेयर ?


पछिल्ला दिनमा निष्काशन भईरहेको साधारण शेयरमा सर्वसाधारणको अधिक चासो बढ्दै गइरहेको छ । आवेदन संख्याका आधारमा २० कित्ताभन्दा धेरै शेयर नपाउने अवस्था बनिरहेका बेला सम्बन्धित संस्थाका कर्मचारी पनि यस्तो शेयरबाट लाभान्वित बन्दै गएका छन् ।

कमजोर वित्तीय अवस्था भएका कम्पनीको हकमा भने कर्मचारीबाट नै शेयर आवेदन नभएको अवस्था पनि छ । यसै क्रममा रिलायन्स लाइफ इन्स्योरेन्सको शेयरमा भने २२४ कर्मचारीले कर्मचारीका लागि छुट्याइएको सबै शेयर माग गरेका छन् ।

इन्स्योरेन्सले कर्मचारीका लागि कुल निष्काशित मध्ये ५ प्रतिशत शेयर कर्मचारीहरुलाई बितरण गरेको छ । इन्स्योरेन्सले सर्वसाधारणमा शेयर निष्काशन गर्नु पहिले नै कर्मचारी र सामुहिक लगानी कोषहरुलाई पाँच पाँच प्रतिशतका दरले शेयर सुरक्षित गरेर बाँकी शेयर सर्वसाधारणमा निष्काशन गरेको थियो ।

इन्स्योरेन्सले ६३ लाख कित्ता कुल शेयरबाट ३ लाख १५ हजार कित्ता शेयर कर्मचारीका लागि छुट्याएको थियो । इन्स्योरेन्सको उक्त शेयरमा २२४ जना कर्मचारीहरुले आवेदन गरेका छन् ।

कर्मचारीहरुलाई पद अनुसार माथिल्लो तहका कर्मचारीले धेरै र तल्लो तहका कर्मचारीले थोरै शेयर बितरण गरिएको छ । इन्स्योरेन्सका तल्लो तहका कर्मचारीले कम्तीमा ७०० कित्ता शेयर पाएका छन् । माथिल्लो तहका कर्मचारीको हकमा यो संख्या २ हजार कित्ता नजिकसम्म रहेको छ ।

औसतमा हेर्दा २ सय २४ जनाले कम्पनीको शेयर १ हजार ४०६ कित्ताको दरमा पाएको देखिन्छ । यसरी कर्मचारीका लागि छुट्याइएको शेयरको लकिङ अवधि ३ वर्षको हुन्छ । अर्थात रिलायन्स लाइफ इन्स्योरेन्सका कर्मचारीलाई बितरण गरिएको शेयर तीन वर्ष पछि मात्र दोस्रो बजारमा बिक्री गर्न मिल्छ ।

र यो पनि … 

रिलायन्स लाइफको आइपीओ बाँडफाँड, नतिजा केहिबेरमा नोटबजारमा

रिलायन्स लाइफ IPO प्रि अलटमेण्ट : २० हजार ५०९ आवेदकले नपाउने

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।