सगरमाथा इन्स्योरेन्सलाई मर्जरमा लैजान आवश्यक कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी

0
Shares

सगरमाथा इन्स्योरेन्स कम्पनी (SIC) ले अन्य निर्जीवन बीमा कम्पनीहरुसँग मर्जर वा एक्विजिसन प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्दै शनिबार २३ औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ।

कोभिड संक्रमणका कारण राजधानीमा सरकारले गरेको निषेधाज्ञाका कारण सभा सम्मेलन गर्न कठिनाई भएपछि कम्पनीले जुम प्रविधिबाट इन्स्योरेन्सको अध्यक्ष आर के मानन्धरको सभापतित्वमा सभा सम्पन्न गरेको हो।

सभाले कम्पनी सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५।७६ को नाफा।नोक्सानको हिसाब तथा लेखा परीक्षकको प्रतिवेदन सहितका वासलात, नाफा नोक्सान, हिसाब र नगद प्रवाह विवरण तथा त्यससंग सम्बन्धित अनुसूचीहरु समेत पारित गरेको छ ।

अघिल्लो आर्थिक वर्षमा ८६ प्रतिशत लाभांश वितरण गरेको कम्पनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट भने कुनैपनि लाभांश शेयरधनीलाई बाँड्न सकेन। जसका कारण सभामा सहभागिता जनाएका ११ जना साधारण शेयरधनीले लाभांश वितरण नगरेको तथा ढिलो साधारण सभा सम्पन्न गरेकोमा असन्तुष्टि जनाए।

सभामा सहभागिता जनाएकाहरुले कम्पनीको व्यवसायको वृद्धि भएपनि निर्जीबन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन गर्ने मुख्य स्रोत मोटर र अग्नी बीमाको प्रिमियम घटेकोले बढाउन आवश्यक कार्य गर्न सुझाव दिएका छन् ।

कम्पनीले आर्थिक वर्ष २०७५/७६ मा गरेको प्रगति यस्तो छ :-

 

इन्स्योरेन्सको २३ औं वार्षिक साधारण सभामा कसले के भने ?

शेयरधनी अमृत रेग्मी

सर्वसाधारण शेयरधनीको तर्फबाट साधारण सभामा पहिलो मन्तब्य राखेका अमृत रेग्मीले संस्थाले प्रगति गर्दैै नाफा गरेपनि संस्थाले दिएको सापटी तोकिएको मितिमा तिर्नुपर्नेमा अडिट कमिटी, संस्थाको बोर्ड, र नियामक निकाय सबैलाई थाहा हुनुपर्नेमा त्यो पनि अडिटरले भनेपछि मात्र थाहा हुनु दुःखद रहेको बताए । यस्ता कुराहरुमा कम्पनी सञ्चालक र व्यवस्थापक दुबै चनाखो हुनुपर्ने उनको भनाई थियो।

रेग्मीले कम्पनीले नाफा गरेको छ नाफाबाट लाभांश आउँछ भन्ने आशामा राखेर एकैपटक लाभांश नआउने भो भन्नु उचित नभएको भन्दै लाभांश वितरण गर्न नसक्दा कम्पनीले समयमा नै यस्तो जानकारी शेयरधनीलाई समय समयमा गराउनुपर्नेमा जोड दिए ।उनको भनाई थियो।

उनले कम्पनी ठूलो बन्दै गर्दा भिजन र अपरेसन ठूलो हुनुपर्ने बताए। कम्पनीले नाफा आर्जन सँगसँगै बीमा कम्पनीहरुलाई कस्तो किसिमको जनशक्ति आवश्यक पर्छ त्यसमा लागि कस्तो किसिमको पढाइ गर्नुपर्छ विश्वविद्यालयसँग टाइअप गनुपर्नेमा जोड दिए। त्यसका लागि एक्चुअल भ्यालुएशनको कोर्समा बीमा कम्पनीहरुले सहकार्य गर्दै दक्ष जनशक्तिलाई कम्पनीहरुले रोजगारीको अवसर दिन समेत पछि पर्न हिच्किचाउन नहुने उनको भनाई थियो। रेग्मीले गत आवको साधारण सभा समयमा नै गर्न समेत कम्पनी व्यवस्थापनलाई सचेत गराए।

शेयरधनी शिव प्रसाद पौडेल

अर्का लगानीकर्ता शिव प्रसाद पौडलेले अघिल्लो वर्ष ८६ प्रतिशत लाभांश वितरण गरेको कम्पनीले गत वर्षमा लाभांश वितरण नगर्दा शेयरधनीलाई खल्लो लागेको बताए। उनले लाभांश वितरण गर्दा बोनस र नगद लाभांश वितरण गर्न, र साधारण सभालाई पुसभित्रै सम्पन्न गर्न माग गरेका थिए ।

शेयरधनी रामगोपाल महर्जन

शेयरधनी रामगोपाल महर्जनले कम्पनीले संकलन गरेको अग्नी र मोटर बीमाको प्रिमियम संकलन त्यति राम्रो नदेखिएको भन्दै व्यवस्थापनले त्यसको वृद्धि गर्नुपर्ने बताए ।

उनले सगरमाथा इन्स्योरेन्सभन्दा पछाडि आएका अन्य निर्जीबन कम्पनीले अग्नी र मोटर बीमाको प्रिमियमबाट धेरै राम्रो आम्दानी गरिरहेको अवस्थामा सगरमाथा इन्स्योरेन्सले पनि आगामी वर्षमा सो तर्फ ध्यान दिनुपर्ने बताए।

दामोदर रेग्मी

शेयरधनी दामोदर रेग्मीले पछिल्लो समय लागू गरेको एनएफआरएस प्रणालीमा रहेको नोक्सानी व्यवस्था र जगेडा कोष तथा कोषको व्यवस्थाले शेयरधनीको रित्तो हात हुने अवस्था आउनु राम्रो नभएको बताए ।

सरकारले कर र कर्मचारीले बोनस पाउने प्रवृत्ति अन्त्य हुनुपर्ने उनको भनाई थियो। उनले पछिल्लो समय लागू गरेको एनएफआरएस प्रणालीलाई लगानीकर्ता मारा प्रणालीको संज्ञा दिँदै लगानीकर्तालाई केही न केही व्यवस्था अनुरुप लाभांश व्यवस्था गर्नुपर्ने बताए ।

सीईओ चंकी क्षेत्री

कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले अब गरिने साधारण सभा निर्धारित समयमा नै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्दै एनएफआरएस वित्तीय विवरण अनुसार मुनाफाको ५० प्रतिशत रकम जगेडा तथा कोष कायम गर्नुपर्ने भएकाले शेयरधनीलाई लाभांश वितरण गर्न नसकिएको बताए।

यस्तै कम्पनीको चुक्ता पूँजी कायम गर्न अघिल्लो आर्थिक वर्षको नाफा वितरण गर्दा महाविपीत्त कोषबाट सापटी लिइएको ७ करोड ३७ लाख रुपैयाँ फिर्ता गर्दा रिर्टेन अर्निङ्ग घट्न पुगेको बताए। सीईओ क्षेत्रीले ग्राहकर शेयरधनीको साथ र सहयोगबाटै साउन महिनामा सबै इन्स्योरेन्स कम्पनीभन्दा धेरै ३० करोडको बिजनेश गर्न सफल भएको बताए।

अध्यक्ष आर के मानन्धर

सभा समापन गर्दै इन्स्योरेन्सको अध्यक्ष आर के मानन्धरले महामारीको बीचमा पनि जुम मार्फत पनि शेयरधनीको उल्लेख्य सहभागिता भएकोमा आधार व्यक्त गर्दै कम्पनीले गर्ने प्रगति र नाफाको अवस्थालाई हेरेर अर्को वर्षको साधारण सभाबाट लाभांश वितरण गर्ने प्रतिबद्धता जनाएका थिए।

कम्पनीले आर्थिक वर्ष २०७५।७६ मा अघिल्लो आवको तुलजनामा १ अर्ब ८१ करोडले वृद्धि गरी २ अर्ब १९ करोड ४७ लाख ४६ हजार रुपैयाँ प्रिमियम संकलन गरेको छ । जुन अघिल्लो आवको तसलनामा ०.८३ प्रतिशतले धेरै हो । कम्पनीले १८.४३ प्रतिशतले बीमाशुल्क संकलन बढाएको थियो। कम्पनीको बीमाकोष, महाविपत्ति तथा अन्य जगेडा कोष गरी ७३ करोड ८ लाख ७८ हजार बराबरको रहेको अध्यक्ष मानन्धरले जानकारी दिए।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।