शेयर ब्रोकरले गर्दै आएको निक्षेप सदस्यको काम बन्द गराउने तयारी हुँदैछ : सिडिएससी अध्यक्ष


शेयर कारोबार गराउने शेयर ब्रोकरहरुलाई निक्षेप सदस्यको काम गर्नबाट बन्देज लगाइने भएको छ । शेयर कारोबार र लगानीकर्ताको डिम्याट खाता एकै स्थानबाट सञ्चालन गर्न नदिनका लागि ब्रोकरबाट निक्षेप सदस्यको काम बन्द गराउन लागिएको केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) का अध्यक्ष तथा नेप्सेका सीईओ चन्द्रसिंह साउदले बताए ।

नोटबजारसँग कुरा गर्दै सिडिएससी अध्यक्ष साउदले भने, डिम्याट खाताको सञ्चालन तथा दोस्रो बजारको शेयर कारोबारमा प्रत्यक्ष सम्बन्ध रहेकाले दुईवटै काम शेयर दलाललाई दिन नहुने विषयमा छलफल चलिरहेको छ । धितोपत्र बोर्डले यस सम्बन्धमा चासो समेत दिएको अवस्थामा अवैध कृयाकलाप नहोस भन्न ब्रोकरलाई निक्षेप सदस्यको काम नदिने सम्बन्धमा छलफल भएको हो ।

बजारमा ब्रोकरले निक्षेप सदस्यको समेत काम गर्दा कतिपय कारोबार तथा डिम्याट खाता वास्तविक नभएको गुनासो समेत आउने गरेको उनले बताए । यस सम्बन्धमा सिडिएससीले अध्ययन गर्दा कतिपय कारोबार तथा डिम्याट खाताहरु शंकास्पद भएकाले आफुहरुले धितोपत्र बोर्डको भनाई अनुसार छलफललाई अघि बढाएको साउदले बताए ।

शेयर ब्रोकरलाई निक्षेप सदस्यको काम बन्द गराउने सन्दर्भमा साउदको भनाई यस्तो छ :

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।