लगानीकर्ताले यसै आर्थिक वर्षमा मोबाइलबाट शेयर कारोबार गर्न पाउँछन् : नेप्से


नेपाल स्टक एक्सचेञ्जले चालु आर्थिक वर्षको अन्त्यसम्ममा लगानीकर्ताले मोबाइलबाट नै शेयर कारोबार गर्न सक्ने एप सञ्चालनमा ल्याउने भएको छ । एप डेभलपमेण्टको अध्ययन गर्ने विषय गत आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटिएर अध्ययन पुरा भईसकेको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले नोटबजारलाई बताए ।

‘अध्ययनको काम पुरा भईसकेको सन्दर्भमा चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमले यसै आर्थिक वर्ष भित्र एप सञ्चालनको लक्ष्य लिएको छ । कोभिड संक्रमणले केही असर पार्ला कि भन्ने अवस्था छ,’ साउदले भने ।

मोबाइल एप निर्माणका सम्बन्धमा साउदको भनाई यस्तो छ :

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।