लिबर्टी इनर्जीको आईपीओ नतिजा नोटबजारमा

0
Shares

लिबर्टी इनर्जीको आईपीओ बाँडफाँडको नतिजा नोटबजारमा प्रकाशित भएको छ ।

आईपीओ नतिजाका लागि नोटबजार डटकमको गृहपृष्ठको शीर्षस्थानको अन्तिम दोस्रो स्थानमा रहेको आईपीओ (IPO Result) रिजल्टमा जानुहोस् । त्यसपश्चात १६ अंकको हितग्राही खाता (डिम्याट) लेखी सर्च बटनमा क्लिक गरेर आफुलाई आईपीओ पर्यो कि परेन हेर्न सकिन्छ ।

बिक्री प्रबन्धकले आवेदकको नाम र आवेदन गरिएको शेयर संख्या (कित्ता) तथ्याङ्क उपलब्ध नगराएकाले आवेदन कित्ताको स्थानमा पनि अलटमेन्ट कित्ता नै राखेर नतिजा प्रकाशन गरिएको छ ।

 

लिबर्टी इनर्जीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार योग्य १ लाख ८८ हजार ३७३ आवेदकले शेयर पाएका छन् । आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम ४० कित्ता शेयर पाएका छन् । ३० कित्तासम्म माग गर्ने आवेदकलाई मागेजति र ४० वा सो भन्दा धेरै कित्ता माग गर्ने आवेदकलाई गोलाप्रथाबाट २५ हजार ६२० आवेदकले थप १० कित्ता शेयर पाएका छन् ।

क्यापिटलका अनुसार लिवर्टीको शेयर ९४ हजार ९०४ आवेदकले १० कित्ता शेयर पाएका छन् । त्यसैगरी ४५ हजार ४८ आवेदकले २० कित्ता शेयर र ४८ हजार २२१ आवेदकले ३० कित्ता शेयर पाएका छन् । ४० वा सो भन्दा धेरै शेयर माग गर्ने ३६ हजार ५५८ मध्ये २५ हजार ६२० आवेदकलाई थप १० कित्ता शेयर बाँडफाँड गरिएको हो ।

लिवर्टीको आईपीओमा कुल १ लाख ८८ हजार ४९९ वटा आवेदन परेको थियो । जसमा १२६ वटा आवेदन रद्ध भएकाले १ लाख ८८ हजार ३७३ आवेदकलाई मात्र शेयर बाँडफाँड प्रकृयामा सहभागि गराइने एनआईबिएल एस क्यापिटलले जनाएको छ ।

सामुहिक लगानी कोषका लागि छुट्याइएको १ लाख १२ हजार ५०० कित्ता शेयरमा आवेदन परेको छैन । उता कर्मचारीका लागि छुट्याइएको ४५ हजार कित्ता शेयरमा पनि ६ हजार १०० कित्ता शेयरमा मात्र आवेदन परेको छ । सामुहिक लगानी कोष र कर्मचारीले आवेदन नगरेको शेयर पनि सर्वसाधारणलाई बितरण गरिएको हो ।

यसअघि स्थानीयलाई निष्काशन गर्दा बिक्री हुन नसकेको १३ लाख बढी कित्ता शेयर समेत सर्वसाधारणमा निष्काशन गरि बाँडफाँडको गरिएको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।