एनआईबिएल समृद्धि फण्ड १ को प्रतिफल वितरण

0
Shares

एनआईबिएल समृद्धि फण्ड १ ले आफ्ना इकाईधनीहरुलाई गत आव २०७६/७७ को प्रतिफल वितरण थालेको छ। फण्डले इकाइधनीको बैंक खातामा भदौ १५ गते सोमबारदेखि नगद लाभांश वितरण थालेको हो ।

उक्त प्रतिफल भदौ ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका इकाइधनीले मात्र पाउनेछन् । फण्डले आर्थिक वर्ष २०७६।७७ बाट इकाईधनीलाई (करसहित) १२ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।

फण्डको योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलले कुक्लोजको अघिल्लो दिनसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका इकाईधनीहरुको बैंक खातामा नै प्रतिफल जम्ममा गरिएको जनाएको छ ।

साथै क्यापिटलले हालसम्म पनि हितग्राही खाता (डिम्याट) मा बैंक खाता अद्यावधिक नगराएका इकाईधनीहरुलाई आफ्नो निक्षेप सदस्यकहाँ सम्पर्क राखि हितग्राही खातामा बैंक खाता अद्यावधिक गराउन आग्रह गरेको छ ।

यस्तै यसअघिका वर्षहरुमा वितरण भएको लाभांश संकलन गर्न बाँकी इकाइधनीलाई समेत एनआईबिएल एस क्यापिटल लाजिम्पाट मार्फत संकलन गर्न आग्रह गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ भदौ २०७७, मंगलबार  १२ : १४ बजे