सुनको भाउ तोलमा ९०० रुपैयाँले बढ्यो

0
Shares

सुनको भाउ भदौ १६ गते मंगलबार तोलामा ९०० रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ४०० रुपैयाँ र तेजावी सुनको भाउ प्रतितोला ९७ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ।

उता चाँदीको भाउमा पनि ३० रुपैयाँले बढेर मंगलबार प्रतितोला १ हजार ३९५ रुपैयाँ तोकिएको छ।

गत शुक्रबार प्रतितोला ७०० रुपैयाँले घटेको देखि सुनको भाउ आइतबार र सोमबार ३०० रुपैयाँले वृद्धि हुँदै आइरहेकोमा मंगलबार एकैपटक प्रतितोला ९०० रुपैयाँले बढेको हो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारमा निर्धारण हुने सुनको भाउलाई आधार मानेर सुनको मूल्य निर्धारण हुँदै आइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको सोझो असर नेपाली बजारमा पनि परेको हो ।

अन्तराष्ट्रिय लगानीकर्ताहरुले विश्वमहामारी कोरोना संक्रमणका कारण अन्य क्षेत्रको तुलनामा सुनमा लगानी सुरक्षित मान्न थालेपछि पँहेलो धातुको भाउ बढ्न थालेको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ भदौ २०७७, मंगलबार  १२ : ३५ बजे