ज्योति र प्रभु लाइफ इन्स्योरेन्सले निर्धारण गरे बोनस दर

0
Shares

ज्योति लाइफ इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/०७६ को आर्थिक लेखाजोखा तथा दायित्व मूल्यांकन बारे कम्पनीको बिमांकबाट तयार गरिएका बिमांकीय प्रतिवेदन बीमा समितिबाट स्वीकृत गरी २०७६ असार मसान्तसम्ममा जारी भएका मुनाफामा सरिक हुने बीमा लेखहरूमा दिने बोनस दर निर्धारण गरेका छन्।

ज्योति लाइफले २०७७ भदौ १२ मा बीमा समितिबाट स्वीकृत गराएर २०७६ असार मसान्तसम्ममा जारी भएका मुनाफामा सरिक हुने बीमा लेखहरूमा दिने बोनस दर प्रतिहजार न्यूनतम ४३ देखि ७५ रुपैयाँसम्म घोषणा गरेको छ।

यस्तै प्रभु लाइफ इन्स्योरेन्सले पनि २०७७ भदौ १२ मा बीमा समितिबाट स्वीकृत गराएर २०७६ असार मसान्तसम्ममा जारी भएका मुनाफामा सरिक हुने बीमा लेखहरूमा दिने बोनस दर प्रतिहजार बीमाङ्कमा ३० रुपैयाँदेखि ७० रुपैयाँसम्मको बोनस दर सार्वजनिक गरेको छ ।

ज्योति लाइफ

ज्योति लाइफले सावधिक जीवन बीमालेखका लागि ९ वर्षसम्म अवधिको ४३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ४५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५५ रुपैयाँ र २५ वा सोभन्दा माथि वर्षको सावधिक जीवन बीमालेखका लागि ७५ रुपैयाँ बोनस दर तोकेको छ।

कम्पनीले सावधिक तथा आजीवन जीवन बीमालेखका लागि ९ वर्षसम्म अवधिको ४३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ४५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५५ रुपैयाँ र २५ वा सोभन्दा माथि वर्ष अवधिको बीमालेखमा ७५ रुपैयाँ बोनस दर तोकेको छ।

यसैगरी अग्रिम भुक्तानी जीवन बीमालेखका लागि १० देखि १४ वर्ष अवधिको ४३ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको बीमालेखमा ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको बीमालेखका लागि ५० रुपैयाँ बोनस दर तोकेको कम्पनीले जनाएको छ ।

कायम गरिएको बोनस दर कम्पनीले भुक्तानी गर्ने बीमालेख अनुसारको दाबीहरुमा तथा चालु बीमालेखहरुमा लागु हुने इन्स्योरेन्सले जनाएको छ। साथै, अर्को बीमाङ्कीय प्रतिवेदन अनुसार बीमा समितिबाट अर्को व्यवस्था नभएसम्म सोही अनुसारको बोनस दर कायम गरिने पनि इन्स्योरेन्सले जनाएको छ।

प्रभु लाइफ इन्स्योरेन्स

प्रभु लाइफ इन्स्योरेन्सले २०७६ असार मसान्तसम्ममा जारी भएका मुनाफामा सरिक हुने जीवन बीमालेखहरुको ३० रुपैयाँदेखि ७० रुपैयाँसम्मको बोनस दर सार्वजनिक गरेको छ।

प्रभु लाइफले सावधिक जीवन बीमालेखका लागि ९ वर्षसम्म अवधिको ३० रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५० रुपैयाँ र २५ वा सोभन्दा माथि वर्षको सावधिक जीवन बीमालेखका लागि ७० रुपैयाँ बोनस दर तोकेको छ।

कम्पनीले सावधिक तथा आजीवन जीवन बीमालेखका लागि ९ वर्षसम्म अवधिको ३० रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५० रुपैयाँ र २५ वा सोभन्दा माथि वर्ष अवधिको बीमालेखमा ७० रुपैयाँ बोनस दर तोकेको छ।

यसैगरी अग्रिम भुक्तानी जीवन बीमालेखका लागि १० देखि १४ वर्ष अवधिको ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको बीमालेखमा ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको बीमालेखका लागि ५० रुपैयाँ बोनस दर तोकेको कम्पनीले जनाएको छ ।

उल्लेखित सो दर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य तथा चालु बीमालेखमा समेत लाूु हुनुका साथै अर्को बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदन बमोजिम बीमा समितिबाट अर्को व्यवस्था गर्न स्वीकृत नभएसम्म भुक्तानी हुने सम्पूर्ण दाबीहरुमा समेत सो बोनस दर कायम हुने इन्स्योरेन्सले जनाएको छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि नोटबजार डटकमको फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा फलो गर्न सक्नुहुन्छ ।