रिलायन्स लाइफको शेयर रजिष्ट्रारमा सनराइज क्यापिटल

0
Shares

रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले सनराइज क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ ।

यससँगै रिलान्यस लाइफ इन्स्योरेन्सको धितोपत्र सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज गर्ने, नामसारी गर्ने लगायतका सम्पूर्ण कार्यहरु सनराइज क्यापिटल कमलपोखरी काठमाण्डौंबाट हुनेछ ।

कम्पनीले भदौ ४ देखि ८ गतेसम्म कूल ६३ लाख कित्ता प्राथमिक शेयर निष्काशन गरेर भदौ १२ गते शुक्रबार बाँडफाँड गरेको थियो।

संगठित संस्थाहरुको धितोपत्र कारोबार सम्बन्धी रेकर्ड राखिदिने र दाखिल खारेज वा नामासारी गर्ने र शेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य गर्न जिम्मा लिने संस्थालाई शेयर रजिष्ट्रार भनिन्छ ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि नोटबजार डटकमको फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा फलो गर्न सक्नुहुन्छ ।