युनिभर्सल पावरको नाफामा उच्च सुधार, बिजुली नबेच्दै कमायो पौन ६ करोड

0
Shares

युनिभर्सल पावर कम्पनी लिमिटेड (UPCL) ले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा आफ्नो खुद नाफामा उच्च सुधार गरेको छ ।

कम्पनीले गत आवमा ५ करोड ७१ लाख ७ हजार रुपैयाँ खुद नाफा कमाएको हो ।

अघिल्लो आवमा २ करोड ८८ लाख ३८ हजार रुपैयाँ नाफा कमाएको कम्पनीले २ करोड ८२ लाख ६९ हजार अर्थात ९८ प्रतिशतले नाफा वृद्धि गरेको हो ।

कम्पनीले दोलखा जिल्लामा अवस्थित खारे खोलामा हाल निर्माण गरिरहेको ११ मेगावाटको जलविद्युत आयोजनाबाट विद्युत उत्पादन नहुँदै कम्पनीले अन्य स्रोतको आम्दानीबाटै ८ करोड ३१ लाख १२ हजार आम्दानी गर्दा नाफा बढेको हो । अघिल्लो आवमा कम्पनीको अन्य आम्दानी ४ करोड ५६ लाख ९६ हजार थियो ।

सो अवधिमा कम्पनील प्रशासनिक खर्च ६४ लाख ६९ हजार रुपैयाँ र हस कट्टी ४ लाख ९९ हजार गरी कूल ६९ लाख ६८ हजार ९९८ रुपैयाँ रहेको छ । आयकरअघि ७ करोड ६१ लाख ४३ हजार नाफा आर्जन गरेको कम्पनीले १ करोड ९० लाख ३५ हजार रुपैयाँ कर तिरेको छ ।

चुक्ता पूँजी २ अर्ब १० करोड ३ लाख ५० हजार रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोष १० करोड १४ लाख ६८ हजार रहेको छ। सो अवधिसम्ममा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २.७२ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १०४.८३ रुपैयाँ रहेको छ। कम्पनीको प्रतिशेयर कूल सम्पत्तीको मूल्य १६९.२२ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २५.७५ गुणा रहेको छ।

कम्पनीको दीर्घकालीन बैंक ऋण १ अर्ब २५ करोड ३३ लाख रहेको छ भने अल्पकालीन बैंक ऋण सकिएको छ।

यस्तै कम्पनीले माथिल्लो इङ्खु खोला जलविद्युत आयोजनाको अध्ययन गरिरहेको छ भने ४५ मेगावाटको कसुवा खोला जलविद्युत आयोजना निर्माण गर्न लगानी गर्ने सम्झौता गरेको छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।