राजश्व असुली २० प्रतिशतले बढ्यो, लक्ष्य पुगेन

0
Shares

आन्तरिक राजश्वले विभागले अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष ०७५/०७६ मा २० प्रतिशतले राजश्व असुलिमा वृद्धि भएको जनाएको छ ।

कर प्रशासनको चुस्तता तथा करमैत्री सेवा प्रवाह कार्य, फछ्र्यौट शिघ्रता तथा नयाँ क्षेत्रको पहिचानले राजश्व असुलीमा सुधार आएको विभागको भनाई छ । तर, अघिल्लो आर्थिक वर्षको तुलनामा राजश्व असुलीमा सुधार आएपनि गत आर्थिक वर्षको लक्ष्य भन्दा कम राजश्व संकलन भएको छ ।

विभागले आर्थिक वर्ष ०७५/०७६ मा ४ खर्ब ४ अर्ब २२ करोड राजश्व असुल गर्ने लक्ष्य लिएकोमा ३ खर्ब ५८ अर्ब ३५ करोड राजश्व संकलन गरेको छ ।

जुन लक्ष्यको ८८.६५ प्रतिशत हो । विभागले गतवर्षमा राखेको लक्ष्य भन्दा ४५ अर्ब ८७ करोड कम राजश्व संकलन गरेको छ ।

विभागले आर्थिक वर्ष ०७५/०७६ मा आयकर मार्फत १ खर्ब ७० अर्ब रावश्ज उठाएको छ । जुन लक्ष्यको ८२.०९ प्रतिशत हो । आयकर मार्फत विभागले १ खर्ब ९२ अर्ब रुपैयाँ संकलन गरेको छ । जुन लक्ष्यको ८५.६१ प्रतिशत हो । यस्तै अन्तशुल्क मार्फत ७६ अर्ब ६१ करोड संकलन गरेको छ । जुन लक्ष्यको ९६.७२ प्रतिशत हो ।

विभागले आर्थिक वर्ष ०७५/०७६ मा ब्याजकर र स्वास्थय सेवा शुल्ककर लक्ष्य भन्दा बढी उठाएको छ । विभागले गत आर्थिक वर्षको तुलनामा लक्ष्य हासिल गर्न नसकेपनि अघिल्लो आर्थिक वर्षको तुलनामा बहालकर बाहेक अन्य सबै शिर्षकको राजश्व संकलनमा सुधार गरेको छ । विभागले मुल्य अभिवृद्धि कर, अन्तशुल्क र ब्याजकर तथा अन्य शिर्षकहरुबाट लक्ष्य भन्दा कम राजश्व उठाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।