रुरु जलविद्युतको आइपीओलाई ग्रेड-३ रेटिङ्ग

0
Shares

नेपाल धितोपत्र बोर्डमा प्रिमियम मूल्यमा प्राथमिक शेयर निष्काशन गर्न आवेदन दिएको रुरु जलविद्युत् परियोजनाले निष्काशन गर्न लागेको आईपीओलाई इक्रा नेपालले ग्रेड– ३ रेटिङ प्रदान गरेको छ ।

कम्पनीले आईपीओले पाएको ग्रेड- ३ रेटिङले कम्पनीको वित्तीय अवस्था अधारभुत पक्ष औषतमा राम्रो भएको देखाउँछ ।

कुनैपनि सार्वजनिक निष्काशन गर्नुपूर्व हरेक कम्पनीले क्रेडिट रेटिङ्ग कम्पनी मार्फत अनिवार्य रुपमा रेटिङ्ग गराउनुपर्ने व्यवस्था रहेको छ । सोही अनुसार कम्पनीले रेटिङ सम्पन्न गरेको हो ।

कम्पनीले आईपीओ निष्काशन गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा असार २५ गते निवेदन दिएको थियो । आईपीओ निष्काशनका लागि कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा तोकेको छ ।

कम्पनीले बोर्डमा ८ लाख १५ हजार ४११ कित्ता आईपीओ निष्काशन गर्न अनुमति माग गरेको छ । निष्काशनमा ल्याइने स्थानीय बासिन्दाको लागि प्रतिकित्ता १०० रुपैयाँका दरले ४ लाख ७ हजार ७०५ कित्ता र सर्वसाधारणको लागि अंकित मूल्य १०० रुपैयाँमा २० रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता १२० रुपैयाँमा ४ लाख ७ हजार ७०६ कित्ता आईपीओ जारी हुनेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि नोटबजार डटकमको फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा फलो गर्न सक्नुहुन्छ ।