प्रि-ओपनिङमा शेयर बजारमा उछाल, ४२ अंकले बढेको बजारमा २ करोड बढीको कारोबार


अर्थमन्त्री डा. युबराज खतिवडा अर्थमन्त्रीबाट बाहिरिए पछिको पहिलो शेयर कारोबारमा बजार तीब्र दरले बढेको छ ।

नेप्सेको प्रि ओपनिङ्ग सेसनमा साताको पहिलो दिन आइतबार कारोबारमा आएका ८७ कम्पनीमध्ये ८५ कम्पनीको शेयरमूल्य बढेको । प्रि ओपनिङमा २ कम्पनीको शेयर मूल्य घटेको छ । शेयर मूल्य घट्ने कम्पनीहरुमा कृषि विकास बैंक र बेष्ट फाइनान्स रहेका छन् ।

नेप्सेको प्रि ओपनिङ्ग सेसनमा ८७ कम्पनीका ४३ हजार ५१७ कित्ता शेयर २ करोड ११ लाख ९८ हजार रुपैंयामा किनबेच भएका छन् ।

यस अवधिमा नेप्से परिसुचक ४२.०१ अंकले बढेर १५५२.४३ अंकमा उक्लिएको छ ।

अधिकांस कम्पनीहरुको शेयरमूल्य ४ प्रतिशतभन्दा धेरैले बढेको छ । यसरी प्रि ओपनिङमा नै कम्पनीको शेयर मूल्य धेरै बढे पछि नेप्से २.७८ प्रतिशतले बढेको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि नोटबजार डटकमको फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा फलो गर्न सक्नुहुन्छ ।