एफएनसीसीआईको निर्वाचन मोडालिटी तयार गर्न गठित समितिद्वारा प्रतिवेदन पेश

0
Shares

नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभा र निर्वाचनको कार्यलाई के कसरी अगाडी बढाउने भन्ने सम्बन्धमा ढाँचा तथा प्रक्रिया तयार गर्न गठित समितिले महासंघका अध्यक्ष भवानी राणा समक्ष सोमबार सुझाव प्रतिवेदन पेश गरेको छ ।

गएको साउन २१ गते सम्पन्न महासंघको कार्यकारिणी समितिको १७ औं बैठकले कार्यकारिणी समितिका ६ सदस्य सम्मिलित समिति गठन गरेको थियो ।

समितिलाई नेपाल सरकारका सम्बन्धित मन्त्रालय, निकायहरू, स्वास्थ्य सम्बन्धी विज्ञहरूका साथै सरोकारवाला सबैसंग छलफल गरी प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको थियो । समितिले प्राप्त कार्यादेश अनुसार आफ्नो कार्य सम्पन्न गरी महासंघका अध्यक्ष राणा समक्ष प्रतिवेदन पेश गरेको हो ।

प्रतिवेदनमा वार्षिक साधारण सभाको हकमा समुद्घाटन, बन्दशत्र र समापन कार्यक्रम भर्चुअल जुम मार्फत तथा निर्वाचनको हकमा स्वास्थ्यका सबै प्रोटोकल एवं सरकारका स्वास्थ्य निर्देशनहरू पालना गरी सबै क्षेत्र (जिल्ला/नगर, वस्तुगत, द्विर्राष्ट्रिय, एसोसिएट) को प्रत्यक्ष काठमाडौंमा, जिल्ला/नगर क्षेत्रको सम्बन्धित प्रदेशमा र बस्तुगत, एसोसिएटको काठमाडौंमा र कम्प्युटराइज/ई–भोटिङ मार्फत सम्पन्न गर्न सकिने तीनवटा मोडलहरू सुझाएको छ ।

समितिमा जिल्ला/नगर उद्योग वाणिज्य संघ क्षेत्रबाट अरूणराज सुमार्गी र डीबी बस्नेत, वस्तुगत क्षेत्रबाट ई. बिनोद ढकाल र सुनिल गोपाल श्रेष्ठ र एसोसिएट क्षेत्रबाट भरतराज आचार्य र रंजितराज आचार्य छन्।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।