बैंकका सीईओहरुको कुलिङ पिरियड घट्यो, पदमुक्त भएमा तुरुन्तै जानकारी दिनुपर्ने

0
Shares

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत ९सीइओ० हरुको कुलिङ पिरियड घटाएको छ । राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्षका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशनमा कुलिङ पिरियड घटाएर तीन महिना कायम गरेको छ ।

यसअघि बैंक तथा वित्तीय संस्थाका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत तथा नायव प्रमुख कार्यकारीका लागि एक संस्था छोडेर अर्को संस्थामा जान ६ महिना कुलिङ पिरियडको व्यवस्था रहेको थियो । 

तर, बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्नेरगाभिने वा प्राप्ति प्रक्रियामा संलग्न भई एकीकृत कारोबार सञ्चालनको क्रममा वा एकीकृत कारोबार शुरु भएको तीन महिनाभित्र पदमुक्त भएका वा सेवामा निरन्तरता नपाएका अर्को संस्थामा नियुक्त हुन उपयुक्त व्यवस्थाले बाधा पु¥याएको नमानिने नयाँ व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

यस्तै बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतले राजीनामा दिए तुरुन्तै नेपाल राष्ट्र बैंकलाई जानकारी गराउनु पर्ने भएको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले कार्यकारी प्रमुखको नियुक्ति गरेमा, कार्यकारी प्रमुखले राजिनामा दिएमा, बर्खास्त भएमा वा अन्य कुनै कारणले पदमुक्त हुँदा र सञ्चालक समितिमा हेरफेर हुँदा वित्तीय संस्था नियमन र सम्बन्धित सुपरिवेक्षण विभागलाई तुरुन्त जानकारी दिनु पर्ने व्यवस्था गरेको छ ।

एकीकृत निर्देशन संशोधन गर्दै बैंकको नायब कार्यकारी प्रमुखलाई बढुवा वा नयाँ पदपूर्ति गर्नु पर्दा बैंकको प्रमुख कार्यकारी अधिकृतको अध्यक्षतामा उपसमिति बनाउनु पर्ने व्यवस्था गरिएको छ। यस अगाडि उक्त पदमा नियुक्त गर्दा प्रमुख कार्यकारी अधिकृतले सिफारिस गरे पुग्ने व्यवस्था थियो ।

राष्ट्र बैंकले सञ्चालकले पालना गर्नुपर्ने आचरण सम्बन्धी ब्यवस्थामा समेत थप गरेको छ ।यसअघि सञ्चालकले आफ्नो आचरण राम्रो गर्नुपर्ने, दैनिक काममा हस्तक्षेप गर्न नहुने ब्यवस्था रहेकोमा त्यसमा सञ्चालकले पदीय मर्यादा कायम हुने गरी शिष्ट बोली, ब्यवहार, कार्यशैली र आचरण प्रस्तुत गर्नु पर्नेछ। संस्थाको कार्य वातावरण बिग्रिने, घृणा, द्वेष उत्पन्न हुने कुनै पनि किसिमको गतिविधि गर्नुरगराउनु हुँदैन। भन्ने व्यवस्था थपिएको छ ।

साथै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कुनै एउटा सञ्चालक एक कार्यकाल भन्दा बढी लगातार एउटै समितिमा संयोजक रहन नपाउने व्यवस्था समेत गरेको छ ।

मग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि नोटबजार डटकमको फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा फलो गर्न सक्नुहुन्छ ।