शिखर इन्स्योरेन्सले शेयरधनीको डिम्याट खातामा जम्मा गर्यो हकप्रद

0
Shares

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड (SICL) ले चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद शेयर सम्बन्धित शेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको छ ।

इन्स्योरेन्सले २०७६ फागुन १२ गते, सोमबारसम्म शेयर अभौतिकिकरण गराएका शेयरधनीहरुको सम्बन्धित हितग्राही खातामा हकप्रद शेयर जम्मा गरेको हो । उक्त हकप्रद शेयर दोस्रो बजारमा कारोबार गर्नमिल्नेगरी भदौ १४ गते नै नेप्सेमा सूचीकृत भैसकेको छ।

सो मितिपश्चात शेयर डिम्याट गरेका शेयरधनीको हकप्रद पनि क्रमश जम्मा गरिने कम्पनीले जनाएको छ । शेयर धितोकर्जा लिएका शेयरधनीहरुले भने कर्जा लिएको संस्थाबाट स्वीकृतिपत्र (नो अब्जेक्सन लेटर) पशे गरेपछि मात्र जम्मा हुने उल्लेख छ ।

यस्तै कम्पनीले हालसम्म आफ्नो शेयर अभौतिकिकरण नगरेका शेयरधनीहरुलाई शीघ्र शेयर अभौतिकिकरण गरी आफ्नो हकप्रद शेयर प्राप्त गर्नका लागि आग्रह गरेको छ ।

कम्पनीको शेयर रजिष्ट्रार एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।