समस्याग्रस्तबाट मुक्त नारायणी डेभलपमेन्ट बैंकलाई पूँजी जुटाउन सकस

0
Shares

हालसालै समस्याग्रस्त संस्थाको सूचीबाट मुक्त भएको नारायणी डेभलपमेन्ट बैंकले हकप्रद बेचेर चुक्ता पूँजी बढाउने योजना अघि सारेको छ । साथै बैंकले मर्जर तथा एक्विजिशनमा जानका लागि बाटो खुला गर्ने भएको छ ।

राष्ट्र बैंक सञ्चालक समितिको साउन ८ गते बसेको बैठकले बैंकलाई समस्याग्रस्त मुक्त गरेको थियो । बैंकले पूँजीवृद्धि लगायका प्रस्ताव राखेर असोज १६ गते, स्टार व्याङ्क्वेट, रत्ननगर, चितवनमा १८ औँ वार्षिक साधारणसभा बोलाएको छ ।

उक्त साधारण सभाले १७ औं साधारण सभाबाट पारित भएको १ बराबर १ को अनुपातमा हकप्रद निष्काशन गर्ने प्रस्तावलाई निरन्तरता दिएको छ। बैकले हकप्रद बेचेर पूँजी जुटाउने भएको हो । हाल बैंकको चुक्ता पूँजी ६ करोड ५६ लाख १६ हजार ९०० रुपैयाँ छ। हकप्रद जारी गरेपश्चात बैंकको पूँजी १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ पुग्नेछ। 

केन्द्रिय बैंकको निर्देशनअनुसार जिल्ला स्तरिय ुखु वर्गका विकास बैंकले चुक्ता पूँजी ५० करोड रुपैयाँ पुर्याउनु पर्नेछ।

त्यस्तै, साधारण सभामा बैंकले अन्य बैंक तथा वित्तीय संस्थासँग गाभ्ने तथा गाभिने, रणनीति साझेदार तथा नयाँ लगानीकर्ता भित्र्याउन उपयुक्त बैंक तथा वित्तीय संस्था साझेदार र लगानीकर्ताले पहिचान गर्ने तथा मर्जर सम्बन्धि सम्पुर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव लैजाने भएको छ।

साधारणसभा प्रयोजनको लागि बैंकले असोज ८ गतेदेखि बुकक्लोज गर्ने भएको छ। असोज ७ गतेसम्म कायम भएका शेयरधनीले बैंकको साधारणसभामा भाग लिन पाउनेछन्। ।

बैंकको तत्कालीन अध्यक्षको प्रमुख योजना तथा मिलेमतोमा विभिन्न नाममा नक्कली ऋणी तथा आफन्तलाई कमसल धितो राखी ऋण प्रवाह गरिएका कारण बैंक समस्यामा परेको थियो । बैंक समस्याग्रस्त घोषणा हुँदा ११ हजार ६७७ खाताको ८२ करोड ८५ लाख निक्षेप फिर्ता गर्नुपर्ने रहेकोमा २०७४ पुससम्म ११ हजार २३५ खाताको १२ करोड ९० लाख ३१ हजार रुपैयाँमा घटाएको छ ।

बैंकका तत्कालीन अध्यक्ष उत्तमप्रसाद द्धा तथा महाप्रबन्धक वीरेन्द्र श्रेष्ठ समेतले २३ करोड ७२ लाख बराबरको रकम हिनामिना गरेपछि संस्था समस्याग्रस्त भएको थियो।

खराब कर्जाले गाँजेपछि नारायणी डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले २०७० चैत २७ गते समस्याग्रस्त घोषणा गरेको थियो । बैंक समस्याग्रस्त घोषणा हुँदा बैंकमा ४१ करोड १ लाख ५ हजार रुपैयाँ कर्जा रहेकोमा २०७४ चैतसम्म ६ करोड ८५ लाख ५५ हजार रुपैयाँमा झरेको थियो । २०७४ चैत मसान्तमा बैंकको निष्कृय कर्जा अनुपात ९५।५२ प्रतिशत र पूँजीकोष अनुपात ११.९१ प्रतिशत थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।