ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर बाग्लुङ्गको बलेवामा

0
Shares

ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME) ले आइतबार बाग्लुङ्गको बलेवामा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।

बाग्लुङ्ग जिल्लाको बाग्लुङ्ग नगरपालिका वडा नं. १४ बलेवा, नारायणस्थानमा यो एक्सटेन्सन काउण्टरको उद्घाटनसँगै बैंकका एक्सटेन्सन काउण्टरहरुको संख्या ४३ पुगेको छ ।

एक्सटेन्सन काउण्टरको उद्घाटन बाग्लुङ्ग क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य डा. सूर्य पाठकले गरेका थिए ।

सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले उक्त स्थानमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७१ वटा जिल्लामा फैलिएको २५९ शाखा सहित २३४ एटिएम, ४३ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २१९ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत आफ्ना २० लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।