जलविद्युतको शेयरतर्फ मोडिए लगानीकर्ता

0
Shares

पछिल्लो दिनहरुमा बीमा र लघुवित्तको शेयरमा लगानी बढाएका लगानीकर्ताहरुले सोमबार भने जलविद्युत कम्पनीको शेयरतर्फ मोडिएका छन्। जसको कारण कारोबारको २ घण्टा अवधिमा उच्च शेयरमूल्य बढ्ने कम्पनीहरुको अग्रपंक्तिमा जलविद्युत कम्पनी छन् ।

नेप्से सूचक वृद्धि भएपनि अधिकांश जलविद्युत कम्पनीको शेयरमूल्य तल नै रहेको र कोरोना भाइरस संक्रमणको असर पनि यस्ता कम्पनीमा कम पर्ने भएकाले लगानीकर्ताहरु पछिल्लो समय जलविद्युतको शेयरमा आकृर्षित हुन थालेको हुन्।

सोमबार शेयरमूल्य बढ्ने शीर्ष १० कम्पनीमा ८ वटा जलविद्युत कम्पनीहरु रहेको छन्। यस अवधिमा अरुण भ्याली हाइड्रोपावर, सिनर्जीब पावर डेभलपमेन्ट, रैराङ हाइड्रोपावर, बरुण हाइड्रोपावर, दीब्यश्वरी हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, र पञ्चकन्यामाई हाइड्रोको शेयरमूल्य बढेको हो। यी कम्पनीहरुको शेयरमूल्य न्यूनतम ८.७९ प्रतिशत देखि १० प्रतिशतसम्म बढेको छ ।

सोमबारको बजारमा हालै दोस्रो शेयर कारोबारमा आएको रिलायन्स लाइफ इन्स्योरेन्स र मर्जरपश्चात केही दिनअघि मात्र कारोबार खुलेको एनआरएन लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य पनि सर्किट मूल्यमा बढेको छ ।

यसदिन लक्ष्मी उन्नति कोषको इकाइमूल्य ६ प्रतिशतले घटेको छ भने स्वाभिमान लघुवित्त, नेपाल सेवा, र गुहेश्वरी लघुवित्तको शेयरमूल्य पनि ३ प्रतिशतले घटेको छ ।

नेप्से १३.९९ अंकले बढेर १ हजार ५५१.२३ बिन्दुमा पुगेको छ। यस्तै बैंकिङ्ग उपसमूह पनि १ प्रतिशत धेरैले वृद्धि हुँदा सूचक वृद्धिमा टेवा पुगेको छ ।

यस्तै बैंकिङ्ग उपसमूह पनि १ प्रतिशत धेरैले वृद्धि हुँदा सूचक वृद्धिमा टेवा पुगेको छ ।  १८८ कम्पनीका ४२ लाख ६ हजार ६०४ कित्ता शेयर २१ हजार ६५८ पटक खरीद बिक्री हुँदा १ अर्ब ४० करोड २९ लाख रुपैयाँको कारोबार भएको छ ।

यस अवधिमा नेपाल रि इन्स्योरेन्स कम्पनीको सबैभन्दा ९ करोड ६२ लाख रुपैयाँको शेयर खरीद बिक्री भएको छ । नेपाल बैंक, नेपाल लाइफ, नेको इन्स्योरेन्सको पनि उच्च कारोबार भएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।