नबिल बैंक (NABIL) ले ऋणपत्र निष्काशन गर्न क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालमा रेटिङ सम्पन्न गराएको छ । इक्रा नेपालले जोखिम कम भएको जनाउने इक्रा एनपि एल डबल ए माइनस रेटिङ प्रदान गरेको छ ।
बैंकले निष्काशन गर्न लागेको २ अर्ब रुपैयाँ बराबरको ऋणपत्रलाई इक्रा नेपालले इक्रा एनपि एल डबल ए माइनस रेटिङ प्रदान गरेको हो । इक्रा एनपि एल डबल ए माइनस रेटिङले उपकरणहरु समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा सुरक्षित मानिन्छ ।
क्रेडिट रेटिङ सम्पन्न भएसँगै बैंकले अब ऋणपत्र निष्काशका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिनेछ ।
बोर्डबाट स्वीकृती भएपछि मात्र सर्वसाधारणमा ऋणपत्र बिक्रीमा आउनेछ ।
प्रतिक्रिया