आशा लघुवित्त वित्तीय संस्था (ALBSL) ले आर्थिक वर्ष २०७६।७७ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ ।
लघुवित्त संचालक समितिको २०७७ भदौ ३१ गते सम्पन्न बैठकले आर्थिक वर्ष २०७६।७७ को मुनाफाबाट चुक्ता पूँजी २३ करोड २२ लाखको १५ प्रतिशत बराबरको ३ करोड ४८ लाख बोनस शेयर र कर प्रयोजनका लागि ०.७८९४ प्रतिशत बराबरको १८ लाख ३३ लाख नगद लाभांश प्रस्ताव गरेको छ ।
भदौ ३१ गतेको कम्पनी संचालक समितिको बैठकले लाभांश प्रस्ताव गरेपनि लाभांश सम्बन्धीको सूचना दुई साता अघिदेखी नै शेयर बजारमा फैलिएको थियो । लाभांश सम्बन्धी सूचना चुहिएपछि कम्पनीको शेयर मूल्य एकाएक बढेको थियो ।
आजको बजारमा पनि लाभांशलाई लिएर कम्पनीको शेयरमूल्य उचालेर प्रतिकित्ता ९५९ रुपैयाँसम्म पुर्याएको थियो । तर अहिले बजारमा प्रतिकित्ता ८९५ रुपैयाँको हाराहारीमा किनबेच भइरहेको ।
भित्री सूचना चुहिए पछि आशा लघुवित्तको शेयर मूल्य आकाशियो
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट पारित गरी साधारण सभाबाट अनुमोदन भएपछि मात्र शेयरधनीले पाउनेछन् ।
बोनस पछि कम्पनीके चुक्ता पूँजी २६ करोड ७० लाख रुपैयाँ पुग्नेछ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया