सनराइज फर्स्टको प्रतिफल वितरणका लागि बुकक्लोज तय

सनराइज फर्स्टको प्रतिफल वितरणका लागि बुकक्लोज तय

सनराइज म्युचुअल फण्डद्धारा सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्ड (SFMF) ले प्रतिफल वितरणको लागि इकाइधनी पुस्तिका बन्द (बुकक्लोज) गर्ने मिति तय गरेको छ ।

म्यचुअल फण्डले प्रतिफल वितरणको लागि असोज ११ गते आइतबार एक दिन बुकक्लोज गर्न लागेको हो । यसअनुसार असोज ८ गते बिहीबारसम्म नेप्सेमा कारोबार भइ कायम भएका इकाइधनीले गत आवबाट प्रस्तावित प्रतिफल ( नगद लाभांश) पाउनेछन् ।

म्युचुअल फण्डले गत आव २०७६/७७ को मुनाफाबाट कर सहित ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ असोज २०७७, आइतबार १८ : १३ बजे