एनएमबि क्यापिटलका व्यवस्थापनमा सञ्चालित एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि हाईब्रिड फण्ड एल १ र एनएमबि ५० को इकाईधनीहरुलाई वितरण गरिने प्रतिफल घोषणा गरिएको छ ।
फण्ड योजना व्यवस्थापकको असोज ४ गते सम्पन्न बैठकले एनएमबि हाईब्रिड फण्ड एल १ को इकाईधनीहरुलाई ८ प्रतिशत (कर सहित) र एनएमबि ५० को इकाईधनीहरुलाई ५ प्रतिशत (कर सहित) प्रतिफल घोषणा गरेको हो ।
दुबै योजनाको प्रतिफल वितरणका लागि असोज १६ गतेदेखि इकाईधनी दर्ता किताब बन्द हुनेछ । यसअनुसार असोज १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका इकाइधनीले गत आर्थिक वर्ष २०७६/७७ को कमाइबाट इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल पाउनेछन् ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया