रेमिट्यान्सको डिजिटल पेमेन्टलाई थप सुरक्षित र व्यवस्थीत गरिँदै

0
Shares

नेपाल राष्ट्र बैंकले विदेशवाट आउने रेमिटेयान्सलाई थप सहज तथा व्यवस्थित गरेको छ । केन्द्रीय बैंकले डिजिटल माध्यमवाट हुने रेमिट्यान्सको कारोबारलाई सुरक्षित र व्यवस्थीत गरेको हो ।

केन्द्रीय बैंकका अनुसार विप्रेषणको कारोबार गर्ने बैंक वित्तीय संस्था तथा विप्रेषण सेवा प्रदायक कम्पनीहरुले विदेशवाट नेपाल रेमिट्यान्स भित्राउदा डिजिटल माध्यमबाट पनि कारोबार गर्न सक्ने भएका छन् ।

त्यसका लागि सञ्चालनमा रहेका डिजिटल पेमेन्ट गर्ने संस्थाहरुसंग सहकार्य गरी कारोबार गर्दा विदेशी संस्था डिजिटल पेमेन्टका साधान सञ्चालन गर्ने संस्थाहरुसंग आवद्ध भएको हुनु पर्ने व्यवस्था गरेको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार सूचना जारी गर्दे विदेशी कम्पनीहरुसंग सहकार्य गर्दा त्यस्ता संस्थाले आफ्नो देशको कानुन अनुसार अन्तराष्ट्रिय रुपमा रेमिट्यान्स सेवा प्रदान गर्ने अनुमति लिएको हुनु पर्नेछ । डिजिटल पेमेन्ट मार्फत अन्तराष्ट्रिय कारोबार गर्दा अपनाउनु पर्ने सुरक्षाका उपायहरु पहिचान नम्बर, प्रणाली सुरक्षा, तेस्रो पक्षको एक्सेस अनाधिकृत हुने, गोपनियता तथा राफसाफ लगायतका कुराहरुलाई विशेष रुपमा ध्यान दिएर सम्झौता गर्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।

केन्द्रीय बैंकका अनुसार विदेशवाट विप्रेषकले डिजिटल पेमेन्ट सर्भिस प्रोभाइडर मार्फत पठाएको रकम प्रापकले रकमान्तर गर्न वा आफै स्वयम् उपस्थित भई भुक्तानी लिन नसक्ने अवस्थामा बालेटमा रहने तोकिएको सीमाभन्दा बढी भएको रकम भुक्तानी सेवा प्रदायकले प्रापकको बैंक खातामा स्थानान्तरण हुने व्यवस्था समेत मिलाउनु पर्नेछ । त्यसैगरी डिजिटल माध्यमबाट रेमिट्यान्सको कारोबार गर्दा सम्पत्ति सुद्धिकरण सम्बन्धी व्यवस्थाको परिपालना हुने सुनिश्चितता भएको हुनुपर्ने छ ।

यसरी भित्रिएको रकम पाक्षिक रुपमा नेपाल राष्ट्र बैंकलाई जानकारी गराउनु पर्ने व्यवस्था समेत थप गरेको छ । विदेशमा रहेका नेपालीले डिजिटल माध्यमवाट रेमिट्यान्स पठाउँदा विवरण गल्ति भइ कारोबार सम्पन्न हुन नसकेको खण्डमा स्वचालित तवरले फिर्ता हुने भएको छ । नेपाल राष्ट्र बैंकले रेमिटेयान्सको डिजिटल कारोबारलाई व्यवस्थीत गर्दै यस्तो व्यवस्था गरेको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।