एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईसी एशिया ब्यालेन्स्ड फण्ड र एनआईसी एशिया ग्रोथ फण्डले गत आर्थिक वर्ष २०७६/७७ बाट प्रस्तावित प्रतिफल असोज ६ गते मंगलबारदेखि वितरण थालेका छन् ।
एक सूचना जारी गर्दै दुबै फण्डले भदौ २४ गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीहरुको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा सिधै प्रतिफल (नगद लाभांश) जम्मा गरिने जनाएका हुन् । प्रतिफल वितथरणका लागि दुबै योजनाले भदौ २५ गते बुकक्लोज गरेका थिए ।
गत आर्थिक वर्ष २०७६/ ७७ बाट एनआईसी एशिया ग्रोथ फण्डले १२ प्रतिशत (कर सहित) र ब्यालेन्स्ड फण्डले ८ प्रतिशत (कर सहित) प्रतिफल वितरण गर्ने घोषणा गरेका थिए ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया