समाज लघुवित्तको शेयर सूचीकृत, मर्जरका कारण कारोबार रोक्का

0
Shares

समाज लघुवित्तले सर्वसाधारणमा निष्काशन गरेको साधारण शेयर (आईपीओ) सहित बिहीबार २ लाख कित्ता शेयर सूचीकृत भएको छ । भदौ ४ देखि ८ गतेसम्म निष्काशन भएको कम्पनीके आइपीओ भदौ १५ गते सोमबार बाँडफाँड भएको थियो ।

समाज लघुवित्तले सिराहाको लहानमा केन्द्रीय कार्यालय रहेको स्वस्तिक लघुवित्त वित्तीय संस्थासँग सोमबार मर्जर सम्झौता गरेपछि शेयर सूचीकरणसँगै लघुवित्तको शेयर दोस्रो बजारमा कारोबारमा नआउँदै रोक्का गरिएको छ ।

लघुवित्तको शेयरमा आवेदन दिएकामध्ये कूल ५ लाख ४७ लाख ३७० जना योग्य भएकामध्ये ८ हजार ७० जनाले मात्रै गोलाप्रथाबाट १० कित्ता आईपीओ हात पारेका थिए । जुन सदर आवेदन संख्याको १.४७ प्रतिशत मात्र थियो ।

लघुवित्तले भदौ ४ देखि ८ गतेसम्म प्रतिकित्ता १०० अङ्कित मूल्यको दरले ८६ हजार कित्ता शेयर सर्वसाधारणमा निष्काशन गरेकोमा कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्टाएर सर्वसाधारणमा ८० हजार ७०० कित्ता शेयर जारी गरेको थियो। यसअनुसार ८ हजार ७० जनाले मात्रै शेयर पाएका हुन् । योग्य आवेदकमध्ये ५ लाख ३९ हजार ३०० जनाको हात खाली हुनेछ।

लघुवित्तको शेयरलाई केयर रेटिङ्ग नेपालले केयर एनपी बि प्लस रेटिङ्ग प्रदान गरेको छ। यस रेटिङ्ग प्राप्त गर्ने शेयर जारी गर्ने संस्थाले वित्तीय दायित्वहरूको सेवा समयमै र्पुयाउने सम्बन्धमा पूर्वनिर्धारितको उच्च जोखिमको रूपमा लिइन्छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ८ असाेज २०७७, बिहीबार  १३ : ३९ बजे