समाज लघुवित्त सूचीकृत नहुँदै मर्जरमा, कारोबार नखुल्दै शेयरधनीको लगानी बन्धक

0
Shares

एक महिनाअघि सर्वसाधारणमा प्राथमिक शेयर (आइपीओ) जारी गरेर बाँडफाँड गरेको समाज लघुवित्तले दोस्रो बजारमा शेयर कारोबार खुला नगरी अर्को लघुवित्त कम्पनीसँग मर्जरमा जाने सम्झौता गरेको छ ।

लघुवित्तले सराहाको लहानमा केन्द्रीय कार्यालय रहेको स्वस्तिक लघुवित्त वित्तीय संस्थासँग सोमबार मर्जर सम्झौता गरेको जानकारी नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई दिएको छ ।

समाजले भदौ ४ देखि ८ गतेसम्म सर्वसाधारणमा आईपिओ निष्काशन गरेको थियो । उक्त आईपीओ हालसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भैसकेको छैन ।

अर्को लघुवित्तसँग मर्जर सम्झौता गरेपछि कम्पनीको आइपीओमा लगानी गरेका लगानीकर्ताको सम्पत्ति कारोबार नखुल्दै बन्धक बनेको छ। यसअघि कालिका लघुवित्तसँग मर्जर गरेको जनसेवी लघुवित्तका लगानीकर्ताको पनि यसैगरी बन्धक बनेको थियो। समाज लघुवित्तले पनि सोही अवस्थामा लगानीकर्तालाई पुर्याएको छ ।

मर्जर प्रकृया सम्पनन नहुँदा लामो समयसम्म नेप्सेमा शेयर कारोबार रोक्का हुँदा लगानीकर्ताको सम्पत्ति खरीद बिक्रीमा रोक लाग्ने गर्दछ ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: ६ असाेज २०७७, मंगलबार  १७ : ०८ बजे