फोर्स मोटर्सको “दशैं आशिर्वाद” आफर, १० लाखसम्म छुट


फोर्स मोटर्सले गाडीका खरिदहर्तालाई लक्षित गर्दै “दशैं आशिर्वाद” अफर सुरु गरेको छ । फोर्स मोटर्सको आधिकारिक बिक्रेता हिमालय अर्गनाइजेशन अन्र्तगतको आयाम इन्टरकन्टिनेन्टलले दशैं र तिहारको अवसरमा दशैं आशिर्वाद उपहार योजना सार्वजनिक गरेको हो । फोर्सले सार्वजनिक गरेका ३ अफर मध्ये कुनै एक अफर मात्र लागू हुने बताइएको छ । अफर सेवाग्राहीले छनौट गर्नु पर्नेछ ।

अफर अन्र्तगत फोर्स मोटर्सको १४ सिट क्षमताको ट्राक्स क्रुजर जीपको खरिदमा “९ महिना सम्म किस्ता व्याज तिर्न नपर्ने, ९ लाख रुपैंयाको डाउन पेमेन्टमा गाडि निकाल्न मिल्ने अथवा स्क्राच कुपन मार्फत २ लाख देखि १० लाख रुपैंयासम्म छुट पक्का” मध्ये कुनै एक अफर रोजी रोजी लिन सकिनेछ ।

यसै गरी ट्राक्स कार्गोकिङ पिक अपको खरिदमा “८ महिना सम्म किस्ता ब्याज तिर्न नपर्ने, ५ लाख ५० हजार मात्र डाउन पेमेन्टमा गाडि निकाल्न मिल्ने अथवा स्क्राच कुपन मार्फत १ देखि ५ लाख सम्म छुट पक्का” मध्ये कुनै एक अफर रोजी रोजी गाडी किन्न सकिनेछ ।

यसै गरी २६ सीट क्षमताको “ट्राभलर टी २” मिनीबसको खरिदमा “७ महिना सम्म किस्ता ब्याज तिर्न नपर्ने, १२ लाख मात्र डाउन पेमेन्टमा गाडि निकाल्न मिल्ने अथवा स्क्राच कुपन मार्फत २ देखि ६ लाख सम्म छुट पक्का” मध्ये कुनै एक अफर रोजी रोजी गाडी किन्न सकिने बताइएको छ ।

बिगत ७ बर्ष देखि फोर्स मोटर्सले नेपालमा आफ्नो आधिकारीक विक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालि मार्फत आफ्ना गाडिहरुको विक्रि वितरण गर्दै आईरहेको छ । उक्त कम्पनीले सबै भन्दा धेरै सिट क्षमताको जिप (१४ सिट) र ३ बर्ष वा ३ लाख किलोमिटर को इन्जिन वारेन्टि भएको मर्सिडिज बेन्ज इन्जिन जडित जीप तथा पिकअप, डेलिभरी भ्यान, बस लगायत गाडिहरुको आयात तथा विक्रि वितरण गर्दै आएको छ ।

आयाम इन्टरकन्टिनेन्टलले काठमाण्डौंको गैह्रिधारा, पोखराको चाउथे, सुनसरीको इटहरी, मकवानपुरको हेटौडामा आफ्नै शोरुम संचालनमा ल्याएको छ भने चितवनको भरतपुर, झापाको विर्तामोड, धनुषाको जनकपुरमा स्थानीय डिलर मार्फत फोर्सका विभिन्न मोडेलका गाडिहरु विक्रि वितरण गर्दै आएको छ । उल्लेखित शोरुममा विक्रि पछिका सेवाहरु थ्रीएस सहितको सुविधा दिँदै आएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।