क्रेडिट रेटिङ्ग कम्पनी केयर रेटिङस नेपालले २१ प्रतिशत लाभांश बाँड्ने

0
Shares

सूचीकृत कम्पनीहरुको सार्वजनिक निष्काशन पूर्व कम्पनीको समग्र वित्तीय अवस्थाको चिरफार गर्ने कम्पनी (क्रेडिट रेटिङ्ग) केयर रेटिङस नेपाल लिमिटेडले कम्पनीको लगानीकर्तालाई कर सहित २१ दशमलव ०५२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ ।

भदौ ३० गते सम्पन्न सञ्चालक समितिको बैठकले उक्त लाभांश प्स्ताव गर्दै अनुमोदनका लागि कार्तिक ३ गते सोमबार ंचौथो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले केयर रेटिङस नेपाल लिमिटेड, दोश्रो तल्ला, स्टार मल, काठमाडौँमा बेलुका ३ बजे सभा बोलाएको छ ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण तथा आव २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डा उपर छलफल गरी पारित गर्नेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ असाेज २०७७, शुक्रबार  १६ : २८ बजे