एसबिआई बैंकका सञ्चालक समिति सदस्य श्रेष्ठ सम्मानित

0
Shares

नेपाल एसबिआई बैंक सञ्चालक समिति सदस्य तथा हामा आइरन एण्ड स्टिल प्रालिका अध्यक्ष बालकृष्ण श्रेष्ठ जनसेवाश्री पञ्चमबाट सम्मानित भएका छन् ।

श्रेष्ठलाई संविधान दिवस अवसरमा उक्त पदवी प्रदान गरिएको बैंकले जनाएको छ ।
प्रतिष्ठित उद्योगी व्यवसायी श्रेष्ठलाई उक्त सम्मानको घोषणाले थप उत्साहित बनाएको भन्दै बैंकले राष्ट्रपति एवं नेपाल सरकारप्रति आभार व्यक्त समेत गरेको छ ।
श्रेष्ठ सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्दै बैंकको पूर्व अध्यक्ष समेत भएर काम गरिसकेका ब्यक्तित्व हुन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।