२० लाखसम्मको कारोबार गर्ने साना करदाताले मोबाइलबाटै कर बुझाउन सक्ने

0
Shares

बार्षिक २० लाख रुपैयाँसम्मको कारोबार गर्ने साना करदाताले आय विवरण मोबाइल एप्सबाट बुझाई वालेट मार्फत कर बुझाउने सक्ने भएका छन । आन्तरिक राजस्व विभागले कर भुक्तानीको व्यवस्थालाइ सहज गरी मोबाइल वालेट लगायत अन्य विद्युतिय माध्यमबाट पनि कर बुझाउन सकिने व्यवस्था गर्न लागेको हो ।

विभागले आन्तरिक राजस्व प्रणालीलाई अनुमानयोग्य, वैज्ञानिक, पारदर्शी र सूचना प्रविधि मैत्री बनाउँदै सबै किसिमका कर योग्य आर्थिक क्रियाकलापहरूलाई करको दायरामा ल्याई करआधार विस्तार गर्ने क्रियाशिल हुने प्रतिवद्धता जनाएको छ । स्वेच्छिक कर सहभागिता अभिवृद्धि एवं कर छली तथा चुहावट नियन्त्रण गरी आन्तरिक राजस्व परिचालनमा कुशलता अभिवृद्धि गर्न आन्तरिक राजस्व विभाग प्रतिबद्ध रहेका विभागका महानिर्देशक विनोद बहादुर कुँवरले बताए ।

विभागले एक गोष्ठि गरेर कर प्रणालिलाइ सहज सरल बनाई बढ्दो विद्यतुीय व्यापार लगायतका नयाँ आर्थिक क्रियाकलापका क्षेत्रहरुको पहिचान गरी करको दायरामा ल्याउने प्रतिवद्धता समेत विभागले लिएको छ । कर बक्यौता संकलनको कार्यलाई प्राथमिकता दिई अन्तिम तहसम्मको कानुनी कारवाही गरी असूल उपर गर्ने र बेरुजुको अभिलेखलाई विद्युतीय प्रणालीमा अद्यावधिक गरी कुल बेरुजुको ७५ प्रतिशत फछ्र्यौट गरिने विभागको योजना छ ।

मूल्य अभिविृद्ध कर तर्फ ननाइलर रहेका करदाताको संख्या ठूला करदाता कार्यालय र मध्यमस्तरीय करदाता कार्यालयको हकमा एक प्रतिशत तथा अन्य आन्तरिक राजस्व कार्यालयहरु र करदाता सेवा कार्यालयहरुको हकमा १० प्रतिशत भन्दा कममा सीमित गर्ने भएको छ । आयकर तर्फ नर्नाइलर रहेका करदाताको संख्या ठूला करदाता कार्यालय र मध्यमस्तरीय करदाता कार्यालयको हकमा ५ प्रतिशत तथा अन्य आन्तरिक राजस्व कार्यालयहरु र करदाता सेवा कार्यालयहरुको हकमा ३० प्रतिशत भन्दा कममा सीमित गरिने कुँवरले जानकारी दिए ।

गणुस्तरीय करदाता दर्ताका लागि सबै कार्यालयहरुमा बायोमेट्रिक दर्ता प्रणाली लागू गरिने विभागले जनाएको छ । विगतमा मूल्य अभिविृद्ध करमा दर्ता रहेका करदाताको अभिलेख २०७८ असार मसान्तसम्म र आयकर तर्फ दर्ता रहेका ठुला करदाताहरुबाट शुरु गरी सबै करदाताहरुलाई क्रमशः यस प्रणालीमा आबद्ध गरिदै लगिनेछ । विभागको एकीकृत कर प्रणालीको स्तरोन्नती गरी कर प्रणालीलाई सूचना प्रविधिमैत्री बनाइनेछ । सूचना प्रविधि मार्फत कर विवरण तथा कर तिर्ने प्रणालीको प्रवद्र्धन गरी सेवा प्रवाहमा सुधार गर्नु का साथै कर सहभागिता लागत घटाइने उल्लेख छ ।

केन्द्रीय बीजक अनगुमन प्रणालीको क्षमता विकास गरी राजस्व जोखिमको आधारमा कम्तिमा थप २०० करदातालाई आबद्ध गरिनेछ । सिबिएमएस, आतसकुडा र भिसिटिएससँग अन्त्तर आबद्धता कायम गरी करदाताको सबै किसिमका सूचनालाई एकीकृत गरिनेछ । कर परीक्षण र अनसुन्धानलाई सूचनामा आधारित बनाई राजस्व जोखिमको आधारमा करदाता छनौट गरी गणुस्तरीय कर परीक्षण र अनसुन्धानबाट राजस्व छली तथा चहुावटलाई नियन्त्रण गरिने भएको छ ।

कर परीक्षण तथा अनसुन्धान कार्यलाइ प्रभावकारी बनाउन आन्त्तरिक राजस्व विभाग र भन्सार विभागको संयक्त टोली गठन गरी संयुक्त कर परीक्षणको कार्यको थालनी गर्ने प्रतिवद्धता विभागले लिएको छ । प्रशासकीय पनुरावलोकन तर्फ गत आर्थिक वर्ष बाट जिम्मेवारी सरेका र चालु आर्थिक वर्षमा परेका निवेदनहरु फछ्र्यौट गर्ने कार्यलाई तीब्रता दिइने र सो पुनरावेदन सूचना व्यवस्थापन प्रणालीको परिमाजर्न तथा विस्तार गरिने विभागले जनाएको छ ।

कर परीक्षण तथा अनसुन्धान कार्यमा एकरुपता कायम गरी गणुस्तरीयता अभिवृद्धि गर्न कर परीक्षण तथा अनसुन्धान भएका करदाताहरुको आन्त्तरिक पुनरावलोकन गर्ने कार्यलाई थप प्रभावकारी बनाइनेछ । अन्त्तःशुल्क चुहावट नियन्त्रण र अबैध मदिरा नियन्त्रणको कार्यलाई उच्च प्राथमिकतामा राखी कार्यान्वयन गर्ने विभागले जनाएको छ ।

अन्तःशुल्कजन्य वस्तुउत्पादन गर्ने भौतिक नियन्त्रण प्रणालीमा आधारित प्रतिष्ठानको अतिरिक्त अन्त्य प्रतिष्ठानहरूको व्यावसायिक क्रियाकलापलाई समेत अन्तःशुल्क गतिविधि अभिलेखाङ्कन प्रणालीमा प्रविष्टी गराउने व्यवस्था मिलाइनेछ । अन्तःशुल्क स्टीकरको छपाई, आपुर्ति, भण्डारण र वितरणको समुचित व्यवस्थापन गरिनेछ । विभाग अन्तर्गत स्वीकृत संगठन संरचना बमोजिम स्थापना हनु बाँकि करदाता सेवा कार्यालयहरुको स्थापना गरी सेवा प्रवाहमा सुधार गरिने प्रतिवद्धता विभागले गरेको छ ।

विभागको प्रतिवद्धता अनुसार कोभिड १९ को विषम परिस्थितिको बाबजुद चालु आर्थिक वर्षको लागि तोकिएको लक्ष्य बमोजिम ४५० अर्ब राजस्व संकलन प्रतिवद्धता गरेको महानिर्देशक कुँवरले जानकारी दिए ।

आर्थिक ऐनले प्रदान गरेका छुट तथा सुविधाहरु (स्कीम) को प्रभावकारी रुपमा कार्यान्वयन गरी कर सहभागिता अभिविृद्ध गरि विभाग र कार्यालयहरुले सम्पादन गर्ने कार्यगत परिसूचकहरू अनुसार तोकिएका लक्ष्य हासिलगर्दै कार्य सम्पादन स्तरमा सुधार गरिने विभागले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।