तीन लघुवित्त कम्पनीबीच मर्जर सम्झौता, आरम्भ चौतारीको शेयर कारोबार रोकियो


आरम्भ चौतारी लघुवित्त मर्जरमा गए पछि शेयर कारोबार रोक्म्का भएको छ ।

असोज ११ गते आइतबारदेखि लागू हुने गरी आरम्भ चौतारीको शेयर कारोबार रोक्का गरिएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

आरम्भ चौतारी, सिवाईसी नेपाल लघुवित्त र शालिग्राम लघुवित्तले एक आपसमा मर्जर सम्झौता गरेका हुन् । आरम्भ चौतारीको १०० बराबर सिवाईसी नेपालको १०० र शालिग्राम लघुवित्तको ८५ कित्ताको अनुपातमा शेयर आदान प्रदान हुने गरी मर्जर सम्झौता गरिएको बताइएको छ ।

शालिग्राम र सिवाईसी नेपाल लघुवित्तले सर्वसाधारणमा शेयर निष्काशन गरेका छैनन् । जसका कारण मर्जर पछि बन्ने नयाँ लघुवित्तको संस्थापक शेयरको अनुपात धेरै हुनेछ । संस्थापक र साधारण शेयरधनीको हिस्सा सिमलाउनका लागि नयाँ लघुवित्तको नामबाट थप नयाँ शेयर निष्काशन गर्ने तयारी अनुरुप मर्जर प्रकृया अघि बढेको हो ।

यसरी एफपीओ जारी गर्दा आकर्षक प्रिमियम संकलन हुने भएकाले पछिल्ला दिनमा सूचीकृत भएका र नभएका लघुवित्तहरुमा मर्जरको क्रम बढेको छ ।

केही समय अघि मात्र एनएनरएन लघुवित्तले किसान सहित अर्को एक लघुवित्तसँग मर्जर गरी एफपीओ निष्काशन गरी संस्थापक र साधारण शेयरधनीको हिस्सा मिलाउने तयारी गरिरहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।