जनरल इन्स्योरेन्सको आईपीओमा पहिलो दिनमा १ लाखले गरे आवेदन

0
Shares

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड (GIC) ले निष्काशन गरेको साधारण शेयर (आईपिओ) मा पहिलो दिनमै १ लाख जना बढीको आवेदन परेको छ ।

इन्स्योरेन्स कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको अनुसार १ लाख बढी आवेदकबाट ३२ करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता शेयर माग भएको हो ।

यो संख्या कम्पनीले सर्वसाधारणमा जारी गरेको (२७ लाख ३० हजार कित्ता) भन्दा ४ लाख ७० हजार (१७.२२ प्रतिशत) बढी कित्ता शेयरका लागि भएको माग आवेदन परेको हो ।

कम्पनीले निष्काशन गरेको कुल ३० लाख कित्तामध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाएर २७ लाख ३० हजार कित्ता शेयरमा सर्वसाधारणबाट आवेदन माग गरेको थियो।

न्यूनतम १० कित्ता शेयर पाउन पनि गोलाप्रथाको सामना गर्नुपर्ने कम्पनीको आईपीओमा १० हजार कित्तासम्म आवेदन गर्न पाइने व्यवस्था छ ।  आइपीओमा आवेदन गर्न चाहने इच्छुक लगानीकर्ताहरुले धितोपत्र बोर्डबाट आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट असोज १४ गते बुधबारसम्म आवेदन गर्न सकिनेछ ।

हाल ७० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आईपीओ निष्काशन पछि चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुग्नेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।