उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाललाई कोरोना संक्रमण


नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

ग्लोबल बैंकका अध्यक्ष समेत रहेका ढकालले सोमबार बिहान आफुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका दिएका हुन् । ढकालले सामाजिक सञ्जालबाट आफुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

उनले स्वास्थ्यका मापदण्ड पालना गर्दै सजगता अपनाउँदै गर्दा पनि आइतबार गरिएको परीक्षणबाट संक्रमण पुष्टि भएको उल्लेख गरेका छन् ।

“केही दिनयता मेरो सम्पर्कमा आउनुभएका सबैलाई सुरक्षित रहन र आवश्यक स्वास्थ्य सजगता अपनाउनुहुन यसै सूचना मार्फत आग्रह गर्दछु ।” ढकालले भनेका छन् ।

आफ्नो स्वास्थ्यमा कुनै समस्या नरहेको बताएका ढकाल सामान्य अवस्थामा घरमा सुरक्षित किसिमले सेल्फ आइसोलेसनमा बसेका छन् ।

ढकाल नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ५४ औं वार्षिक साधारण सभा तथा निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा प्रतिस्पर्धा गर्दै छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।