‘प्रोफिट बुकिङ्ग’ले शेयर बजारमा करेक्शन, फाइनान्स र विकास बैंक लगानीकर्ताको रोजाईमा

0
Shares

साताको दोस्रो दिन सोमबार शेयर बजारका लगानीकर्ताले नाफा सुरक्षित गर्दा नेप्सेमा सामान्य करेक्शन आएको छ । पछिल्ला तीन कारोबार दिनमा १९ अंकले बढेको बजारमा अल्पकालीन लगानीकर्ताले नाफा आएका स्क्रिप्ट बेचेर बाहिरिएपछि बजार ४.७३ अंकले घटेर बन्द भएको छ ।

आजको बजारमा पनि विशेषगरी सस्ता मूल्य भएका फाइनान्स कम्पनीहरु र विकास बैंकको शेयर मूल्य बढेको छ । लगानीकताृको रोजाइमा परेको दुबै उपसमूहका सूचक सकारात्मक बन्दै शेयरमूल्य बढ्ने कम्पनीमा पनि फाइनान्स कम्पनीहरु अग्र स्थानमा देखिएका छन् ।

पछिल्ला दिनमा सस्ता कम्पनीहरुको शेयरमा लगानीकर्ताको आकर्षण रहेकोमा नाफा आएपछि शेयर बिक्री गरी धमाधम बाहिरिन थालेपछि बजारमा करेक्शन आएको हो । ठूला कम्पनीहरुमा प्रफिट बुकिंङ गरिसकेका लगानीकर्ताहरु ठूला कम्पनीहरुको शेयर बिक्री गरेर साना तथा मझौला कम्पनीमा केन्द्रित भएका छन् ।

आज नेप्से ४.७३ अंकले घटेर १ हजार ५६० दशमलव ८३ अंकमा बन्द भएको छ । नेप्सेमा करेक्शन आएसँगै कारोबार रकम समेत ह्वात्तै घटेको छ । सोमबार नेपाल स्टक एक्सचेञ्जमा १९१ कम्पनीका ६९ लाख ९७ हजार ४२० कित्ता शेयर ३० हजार ५९६ पटक किनबेच हुँदा १ अर्ब ६९ करोड १ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

अघिल्लो दिन आइतबारको तुलनामा कारोबार रकम १ अर्ब ४४ करोड ८१ लाख रुपैयाँले घटेको हो । आइतबार १९१ कम्पनीका एक करोड ९९ लाख ७२ हजार ३११ कित्ता शेयर ४२ हजार १०८ पटक किनबेच हुँदा ३ अर्ब १३ करोड ८२ लाखरुपैयाँ बराबरको कारोबार भएको थियो ।

वित्त र विकास बैंक बाहेक सबै उपसमूहका सूचक ऋणात्मक

सोमबार कारोबारमा आएका १२ उपसमूहका सूचकमध्ये वित्त र विकास बैंक बाहेक सबै उपसमूहका सूचक ऋणात्मक बनेका छन् । लगानीकर्ताको आकर्षण विस्तारै फाइनान्स र विकास बैंकको शेयरतर्फ मोडिएको छ । जसले सोमबार शीर्ष शेयरमूल्य बढ्ने दश कम्पनीमा पाँच कम्पनी वित्तका रहेका छन् ।

आज ब्यापार र होटल सूचक १ प्रतिशत धेरैले घटेको छ । बाँकी ८ उपसमूहका सूचक १ प्रतिशतभन्दा कमले ऋणात्मक बनेको छ ।

दोलखा हाइड्रोपावरको उच्च कारोबार

सोमबारको बजारमा पनि हिमाल दोलखा हाइड्रोपावरको दोस्रो दिन पनि उच्च रकमको शेयर किनबेच भएको छ । कम्पनीको ८ लाख ६९ हजार ६०३ कित्ता शेयर ९ करोड ३२ लाख ६३ हजार रुपैयाँ बराबरको शेयर खरीद बिक्री भयो । आइतबार पनि बल्क ट्रेडिङ्ग भएको सोल्टीलाई छाड्ने हो भने कम्पनीको सबैभन्दा धेरै १४ करोड बढीको शेयर कारोबार भएको थियो ।

यसैगरी सोमबार नेपाल रि इन्स्योरेन्स कम्पनीको ६ करोड ४० लाख, अरुण भ्याली हाइड्रोपावर ५ करोड ९५ लाख, र प्रभु बैंकको ५ करोड २७ लाख बढीको शेयर खरीद बिक्री भएको छ  । नेपाल लाइफ इन्स्योरेन्स, कुमारी बैंक, सिभिल बैंक, नेपाल बैंक, अपि पावर, र चिलिमे हाइड्रोपावरको शीर्ष कारोबार भएको छ । दशौं ठूलो कारोबार भएको चिलिमेको ३ करोड ७८ लाखको शेयर कारोबार भयो ।

Symbol Turnover Closing Price
As of 2020-09-28 15:00:00
HDHPC 93,263,456.00 109.00
NRIC 64,033,445.00 856.00
AHPC 59,563,805.00 199.00
PRVU 52,708,526.00 243.00
NLIC 49,904,459.00 1,372.00
KBL 48,320,349.00 214.00
CBL 45,483,304.00 170.00
NBL 43,581,200.00 330.00
API 38,217,602.00 190.00
CHCL 37,886,736.00 517.00

नेपाल फाइनान्सको हकप्रद प्रस्तावले उचाल्यो शेयरमूल्य

आज पनि नेपाल फाइनान्सको शेयरमुल्य उच्च बढेको छ । एकैपटक आठ आर्थिक वर्षको साधारण सभा सम्पन्न गर्दै  १७५ प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव साधारण सभाबाट अनुमोदन गराएपछि फाइनान्सको शेयरमूल्य बढ्ने क्रम जारी छ ।

आइतबार र सोमबार कम्पनीको शेयरमूल्य सर्किट लेबलमा बढेको छ । दुई दिनमा नै कम्पनीको शेयरमूल्य ४० रुपैयाँले बढेर २३९ रुपैयाँ पुगेको हो ।

Symbol LTP Point Change % Change
As of 2020-09-28 15:00:00
NFS 239.00 21.00 9.63
CFCL 160.00 12.00 8.11
RLFL 169.00 12.00 7.64
SMB 884.00 43.00 5.11
PROFL 121.00 5.00 4.31
KSBBL 162.00 6.00 3.85
UFL 258.00 9.00 3.61
AHPC 199.00 6.00 3.11
RRHP 166.00 5.00 3.11
API 190.00 5.00 2.70

यसैगरी आजको बजारमा सेन्ट्रल फाइनान्सको ८.११, रिलायन्स फाइनान्सको ७.६४, सर्पोट माइक्रोफाइनान्सको ७.११, प्रोगेशिभ फाइनान्सको ४.३१, कामना सेवा विकास बैंकको ३.८५, युनाइडेड फाइनान्स ३.६१,  अरुण भ्याली  र रैराङ्ग हाइड्रोपावर ३.११ प्रतिशत तथा अपि पावरको २.७० प्रतिशतले शेयरमूल्य बढेको छ ।

पाँचथर पावर कम्पनीको घट्यो

सोमबारको बजारबाट पाँचथर पावर कम्पनीको शेयरमा लगानी गरेकाले सबैभन्दा धेरै ५.१७ प्रतिशतले शेयरमूल्य घटेको छ । गुहेश्वरी फाइनान्स र दीब्यश्वरी हाइड्रोपावरको शेयरमूल्य ४ प्रतिशत धेरैले घट्दा आखुँखोला हाइड्रोपावर, सानिमा इक्वीटी फण्डको इकाई, ङादी ग्रुप पावर र लिवर्टी इनजीको शेयरका लगानीकर्ताले पनि ३ प्रतिशत धेरैले गुमाएका छन् ।

जोशी हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर र स्वाभिमान लघुवित्तका शेयरमूल्य पनि घटेको छ ।

Symbol LTP Point Change % Change
As of 2020-09-28 15:00:00
PPCL 165.00 -9.00 -5.17
GUFL 138.00 -7.00 -4.83
DHPL 88.00 -4.00 -4.35
AKJCL 101.00 -4.00 -3.81
SAEF 10.35 -0.36 -3.36
NGPL 174.00 -6.00 -3.33
LEC 209.00 -7.00 -3.24
JOSHI 100.00 -3.00 -2.91
GHL 101.00 -3.00 -2.88
SMFBS 956.00 -28.00 -2.85

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १२ असाेज २०७७, सोमबार  १६ : ०१ बजे