नेपाल ल्युब आयलको लाभांश घट्यो

0
Shares

नेपाल ल्युब आयल लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको असोज १३ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात माध शेयरधनीले पाउनेछन् ।

लाभांश घोषणासँगै कम्पनीले कार्तिक ५ गते बुधबार, उन्नतिसौँ वार्षिक साधारण सभा पनि आह्वान गरेको छ । कोराना भाइरस संक्रमणका कारण कम्पनीले संस्थाको कार्यालय, झम्सिखेलबाट जुममार्फत साधारण सभा सम्पन्न गर्ने जनाएको हो ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज २२ गतेदेखि बुकक्लोज मिति तोकेको छ । यसअनुसार असोज २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन तथा लाभांश पाउनेछन् ।

यस्तो छ लाभांश इतिहास :-

S.No Bonus Share % Cash Dividend % Total Dividend % Fiscal Year
1 0.00 10.00 10.00 2076/077
2 0.00 30.00 30.00 2075/2076
3 10.00 30.00 40.00 2074/2075
4 0.00 25.00 25.00 2073/2074
5 10.00 10.00 20.00 2072/2073
6 0.00 10.00 10.00 2071/2072
7 0.00 20.00 20.00 2070/2071
8 20.00 20.00 40.00 2069/2070

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


प्रकाशित मिति: १३ असाेज २०७७, मंगलबार  १५ : १५ बजे