माछापुच्छ्रे बैंकमा भारतबाट पैसा पठाउँदा अतिरिक्त शुल्क नलाग्ने

0
Shares

माछापुच्छ्रे बैंकले रोजगारी तथा अन्य शिलशिलामा भारतमा रहेका नेपालीहरुले भारत स्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेज मार्फत बिना कुनै अतिरिक्त शुल्क नेपालमा पैसा पठाउन सक्ने व्यवस्था गरेको छ ।

चाडबाडको समयलाई लक्षित गरि मिति यहि असोज १२ गते देखि २ महिना सम्म भारतमा रहेका नेपालीहरुले त्यहाँ स्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेज संग सम्पर्क गरि भारतका जुनसुकै स्थानबाट नेपालमा बिना कुनै अतिरिक्त शुल्क पैसा पठाउन सक्ने बैंकले जनाएको छ ।

यसरी पठाएको पैसा नेपालमा रहेका माछापुच्छ्रे बैंकका १६० शाखा, १३३ शाखारहित बैंकिङ्ग सेवा लगायत देशभर रहेका १० हजार भन्दा बढि रेमिट्यान्स एजेन्ट मार्फत सहज र सरल तरिकाबाट भुक्तानी लिन सकिनेछ ।

बैंकले हाल १६० वटा शाखाहरु, १३३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २९८ स्थानमा रहेका सेवा सञ्जाल तथा १९९ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएस मार्फत बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।