आइएमई पे र लालबन्दी खानेपानीवीच सम्झौता

0
Shares

‘आइएमई पे ‘ र लालबन्दी खानेपानीवीच सम्झौता भएको छ । सम्झौता अनुसार उक्त क्षेत्रका खानेपानी उपभोक्ताले खानेपानीको महसुल आइएमईका एजेण्ट पार्टनरहरू वा आइएमई पे वालेट मार्फत भुक्तान गर्न सक्नेछन् ।

सम्झौता पत्रमा ‘आइएमई पे’ का तर्फबाट आइएमईका प्रदेश नं. २ इन्चार्ज अरुण कुमार भण्डारी र लालबन्दी खानेपानी प्रमुख मुकुन्द कुमार श्रेष्ठले हस्ताक्षर गरे । यस सम्झौताबाट ६ हजार ५ सय १४ (६५१४) घरधुरी लाभान्वित हुने बताइएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।