एनएमबि म्युचुअल फण्डको दुबै फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन

0
Shares

एनएमबि क्यापिटलका व्यवस्थापनमा सञ्चालित एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि हाईब्रिड फण्ड एल-१ र एनएमबि-५० को प्रतिफल (नगद लाभांश) सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

योजना व्यवस्थापकको बैठकले दुबै योजनाको प्रतिफल वितरणका लागि असोज १६ गतेदेखि इकाईधनी दर्ता किताब बन्द गर्ने निर्णय गरेको छ । यसअनुसार असोज १५ गते बिहीबारसम्म नेप्सेमा कारोबार भइ कायम रहेका इकाइधनीले मात्र गत आर्थिक वर्ष २०७६।७७ को कमाइबाट इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल पाउनेछन् ।

फण्ड योजना व्यवस्थापकको असोज ४ गते सम्पन्न बैठकले एनएमबि हाईब्रिड फण्ड एल १ को इकाईधनीहरुलाई ८ प्रतिशत (कर सहित) र एनएमबि ५० को इकाईधनीहरुलाई ५ प्रतिशत (कर सहित) प्रतिफल घोषणा गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ असाेज २०७७, बिहीबार  १० : १२ बजे