कामना सेवा विकास बैंकका लगानीकर्ताले सातामै साढे ३१% ले कमाए

0
Shares

यस साता नेप्से सूचक ०.६३ प्रतिशत अर्थात ९.७७ अंकले बढ्दा यस साता कामना सेवा विकास बैंकको शेयरमा लगानी गरेका लगानीकर्ताले भने मनग्य नाफा आर्जन गरेका छन् ।

एनएमबि बैंकसँग मर्जर तथा प्राप्तीको अपुष्ट सूचना बाहिरिएपछि बैंकको शेयरमूल्य ३१.४१ प्रतिशतले बढेको छ । बैंकको १५६ रुपैयाँ रहेको कामना सेवा विकास बैंकको शेयरमूल्य ४९ रुपैयाँले बढेर २०५ पुगेको हो ।

आइतबार १ हजार ५६१ दशमलव २७ बिन्दुमा खुलेको नेप्से यस साताको अन्तिम कारोबार दिन बिहीबार १ हजार ५७१ दशमलव ०४ बिन्दुमा झरेको छ । सातामा १ हजार ५७५ दशमलव ४३ को माथिल्लो बिन्दु टेकेको नेप्से न्यूनतम १ हजार ५४२ दशमलव ५७ बिन्दुसम्म झरेको थियो ।

यो साता २०१ कम्पनीको ५ करोड २२ लाख २५ हजार कित्ता शेयर ११ अर्ब ४१ करोड ९६ लाख रुपैयाँ बराबरमा खरीद बिक्री भएको छ ।
गत साता १२ अर्ब १५ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएकोमा यस साता भने अघिल्लोे साताको तुलनामा कारोबार रकम ६.०४ प्रतिशतले घटेको हो । यो साता दैनिक औषतमा २ अर्ब २८ करोडको शेयर कारोबार भयो । गत सात २ अर्ब ४३ करोड रहेको थियो ।

शीर्ष शेयरमूल्य बढ्ने कम्पनीको २० प्रतिशत धेरैले बढ्यो मूल्य

समीक्षा अवधिमा शीर्ष दश ठूलो शेयरमूल्य बढ्ने कम्पनीहरुको शेयरमूल्य २० देखि साढे ३१ प्रतिशतसम्मले बढेको छ । कामना सेवा विकास बैंकको शेयरमूल्य ३१.४१ प्रतिशत अर्थात ४९ रुपैयाँले बढेर प्रतिकित्ता २०५ रुपैयाँमा कारोबार बन्द भएको छ ।

यसैगरी घलेम्दी हाइड्रोको २९.४७, दीब्यश्वरी हाइड्रोको २६.३७, खानीखोला हाइड्रोको २५.८१, आँखुखोला २२.९२, कर्णाली डेभलपमेन्ट बैंक २२ं७३, हिमाल दोलखा हाइड्रोपावरको २२.५५, युनियन हाइड्रोपावरको २०.७९, नेपाल फाइनान्स २०.६०, र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य २०.३९ प्रतिशतले बढेको छ ।

शेयरमूल्य समायोजन भएका कम्पनीको मुल्य अधिक घट्यो

यस साता लाभांशमा शेयरमूल्य समायोजन भएका कम्पनीको मूल्य अधिक घटेको छ । गत आवबाट १५ प्रतिशत नगद लाभांश बाँडेको सिटिजन्स म्युचुअल फण्ड १ को इकाइमूल्य सबैभन्दा धेरै ८.७५ प्रतिशतले घट्दा १० प्रतिशत बोनस शेयरमा शेयरमूल्य समायोजन भएको नाडेप लघुवित्तको पनि ८.३२ प्रतिशतले मूल्य घटेको छ ।

लिवर्टी इनर्जीको शेयरमा लगानी गरेका लगानीकर्ताले ८.५२ प्रतिशतका दरले गुमाएका छन् भने युनिलिभर नेपाल लिमिटेडको ७.७५ प्रतिशतले घटेको छ। अघिल्लो आवमा ७०० प्रतिशत लाभांश घोषणा गरेको कम्पनीले गत आवबाट १०० प्रतिशत मात्र घोषणा गरेपछि कम्पनीको शेयरमूल्यले ओरालो गति समातेको हो ।

यसैगरी साञ्जेन जलविद्युत ६.९९, रसुवागढी ६.०४, रिडी ५.१६, हिमालयन पावर पार्टनर ४.८८, ङादी ग्रुप पावर ४.८६ र एनआरएन इन्फ्राइन्स्ट्रक्चरको शेयरमा लगानी गरेकाले ४.२७ प्रतिशतका दरले गुमाएका हुन् ।

सोल्टी होटलको उच्च कारोबार

यस साता सोल्टी होटल कारोबार रकम र कारोबार कित्ता दुबैका आधारमा अग्र स्थानमा रहेको छ । होटलको ८५ लाख ८६ हजार कित्ता शेयर ५० करोड २८ लाख १ हजार रुपैयाँमा कारोबार भएको हो ।  होटलमा रहेको १० प्रतिशत विदेशी स्वामित्व नेपाली लगानीकर्ता सोल्टी इन्टरप्राइजेजले खरीद गरेपछि होटलको उच्च कारोबार भएको हो ।

हिमाल दोलखा हाइड्रोपावरको ४७ करोड २३ लाख, नेपाल रि इन्स्योरेन्स कम्पनीको ४२ करोड ८८ लाख, अरुण काबेली पावर ४२ करोड ५ लाख, अरुण भ्याली हाइड्रोपावर ३९ करोड ८९ लाख, कुमारी बैंकको ३० करोड १५ लाख, अपि पावर २७ करोड ९० लाख, नेपाल बैंक २७ करोड ३ लाख, शिखर इन्स्योरेन्सको २५ करोड १३ लाख, र नेशनल हाइड्रोपावरको २४ करोड ४३ लाख रुपैयाँ बराबरको शेयर खरीद बिक्री भएको छ ।

कारोबार भएको शेयर संख्याको आधारमा नेशनल हाइड्रोपावर, अरुण काबेली पावर, अरुण भ्याली हाइड्रोपावर, सिभिल बैंक र कुमारी बैंकको पनि उच्च संख्यामा शेयर कारोबार भएको छ । यी कम्पनीहरुको सातामा १० लाख बढी कित्ता शेयर कारोबारमा आएको हो ।

कारोबार संख्याको आधारमा रिलायन्स लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै १४ हजार ३३८वटा कारोबार भयो भने रि इन्स्योरेन्स कम्पनीको ६ हजार २५६, हिमाल दोलखा हाइड्रोपावर ५ हजार ९३३, लिबटी इनर्जीको ५ हजार ७१२ र एनआरएन इन्फ्रास्ट्रक्चरको पनि ५ हजार भन्दा बढी संख्यामा कारोबार भएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।