भर्चुअल माध्यमबाट दोस्रो नेपाल-भारत फ्रेन्चाइज सम्मेलन हुंदै

0
Shares

नेपाली र भारतीय ब्राण्ड र आगन्तुकहरूलाई एकै मंचमा जुटाई पहिलो पटक भर्चुअल माध्यमबाट नेपाल–भारत फ्रेन्चाइज सम्मेलन आयोजना हुने भएको छ ।

दुईदेश बीच लगानी, प्रविधि एवं व्यवसायिक मोडलहरू आकर्षित गर्ने उद्देश्यले यही असोज ३० देखि आगामी कार्तिक २ गतेसम्म सम्मेलन नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल फ्रान्चाइज.कमको साझेदारीमा नेपालस्थित भारतीय राजदूतावासले एक्सपो आयोजना गर्न लागेको हो ।

कार्यक्रममार्फत नेपाल तथा भारतका प्रशिद्ध व्राण्डहरू र अवलोकनकर्ताहरूलाई एउटै छानामुनी ल्याई दुवै देशका एक सयभन्दा बढी प्रतिष्ठित ब्राण्डहरूले आफ्ना अवसरहरूको प्रदर्शनी गर्ने छन् भने सम्मेलनलाई दुई हजार भन्दा बढी योग्यलगानीकर्ताहरूले फ्रेन्चाइज, डिलरशीप तथा अनुमतीपत्र लगायतमा व्यवसायिक अवसरहरू खोज्ने महत्वपूर्ण माध्यमको रूपमा उपयोग गरी लाभ उठाउन सक्ने महासंघले जनाएको छ ।

गएको वर्ष काठमाडौंमा सम्पन्न पहिलो नेपाल भारत फ्रान्चाइज एक्सपो तथा सम्मेलनको अभुतपूर्व सफलता पश्चात कार्यक्रमलाई एक स्थापित कार्यक्रमकोरूपमा विकास गर्ने लक्ष्य अनुसार दोस्रो संस्करणको रूपमा यो सम्मेलन आयोजना गर्न लागिएको महासंघको भनाई छ ।

कोभिड–१९ को विश्वमहामारीका कारण यस वर्षको नेपाल भारत फ्रान्चाइज एक्सपो तथा सम्मेलन भर्चुअलका माध्यमबाट आयोजना हुन लागेको हो । यो सम्मेलनलाई नेपाल भारत बीच लगानी प्रवद्र्धन, स्थापित स्टार्टअपहरू तथा फ्रेन्चाइज आदान प्रदानको महत्वपूर्ण मंचको रूपमा हेरिएको छ । पहिलो एक्सपोमा नेपालका स्थापित १० र भारतका ५० गरी जम्मा ६० वटा स्थापित ब्राण्डहरूको सफल सहभागिता रहेको थियो ।

यस्ता कार्यक्रमहरूले नेपालमा फ्रेन्चाइजको आकर्षण सहित उद्यमशीलतालाई बढावा दिनुका साथै हरेक वर्ष द्विपक्षीय सफलताहरू आदान प्रदानमा समेत महत्वपूर्ण सहयोग पु¥याउंदै आएको महासंघको भनाई छ ।

भर्चुअल एक्सपोले व्यवसायी र विज्ञहरू बीच आपसी सम्वाद, श्रव्य दृश्यका माध्यमबाट सवै तहका उद्यमीहरू, लगानीकताहरूलाई भेट गराई व्यवसायिक अवसरहरूको उत्खनन, विश्वमा पछिल्लो व्यवसायिक अवस्थाका वारेमा जान्ने बुझ्ने अवसर समेत जुटाउने छ । साथै दुबै राष्ट्रका ब्रान्ड र लगानीकर्ताहरू निजी क्षेत्रकातर्फबाट व्यवसायीहरूको उद्देश्य, इच्छा र लक्ष्य अनुरूपका व्यवसायिक सम्भावनाहरूको नया“ढोका खोल्न सफल हुने विश्वास गरिएको महासंघले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।