जनरल इन्स्योरेन्सको आईपिओ मंगलबार बाँडफाँड हुने

0
Shares

जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण शेयर (आईपिओ) को असोज २० गते मंगलबार बाँडफाँड हुने भएको छ ।

जनरल इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल मंगलबार बाँडफाँड गर्नेगरी तयारी बढाएको नोटबजारलाई जानकारी दिएको छ ।

क्यापिटलका अनुसार आईपीओ बाँडफाँडको लागि आइतबार ’प्रि अलोटमेन्ट’ सम्पन्न भएको छ । आइतबार ‘प्रि अलोटमेन्ट’ गरेर स्वीकृतिका लागि नियामक निकाय धितोपत्र बोर्ड (सेबोन) मा पठाइएको क्यापिटलले जानकारी दियो । सोमबार बोर्डको स्वीकृति पश्चात मंगलबार आईपीओ बाँडफाँड हुनेछ ।

बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको अनुसार मंगलबार १०:३० बजे क्यापिटलको हलमा बाँडफाँडको हुनेछ ।

कम्पनीले असोज ११ गतेदेखि असोज १४ गतेसम्म १०० रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण शेयर (आईपिओ) निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारीलाई, १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी २७ लाख ३० हजार कित्ता सर्वसाधारणको लागि निष्काशन गरेको हो ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार कम्पनीको आईपीओ २ लाख ७३ हजार जनाले गोलाप्रथाबाट १० कित्ताको दरले पाउनेछन् भने बाँकी आवेदकको हात खाली हुनेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।