शेयर कारोबार मापक नेप्से परिसूचक नेप्से मंगलबार झिनो अंकले वृद्धि भएपनि आज जलविद्युत कम्पनीहरुको शेयरमूल्य उच्च रुपमा बढेको छ । आजको कारोबारमा यस उपसमूहको सूचक पाँच प्रतिशतभन्दा धेरैले बढेको छ भने शीर्ष शेयरमूल्य बढ्न दश कम्पनीम ९ वटा यसै उपसमूहमा आबद्ध कम्पनीहरु रहेका छन् ।
विशेषगरी जलविद्युत आयोजनाहरु ३० प्रतिशत स्वपूँजी तथा ७० प्रतिशत ऋणपूँजीबाट निमार्ण हुने गरेका छन् । आयोजनाको निमार्णका लागि लिइने ऋणको ब्याजदर बजारमा प्रयाप्त तरलता भएका कारण पछिल्लो समय घटेको छ । जसले आयोजनाहरुको निमार्ण लागत घट्दैछ ।
अर्कोतर्फ कोभिडको असर जलविद्युत आयोजना तथा निमार्ण सम्पन्न भैसकेका आयोजनामा अत्यात्तै न्यून मात्रामा पर्ने हुँदा पनि जलविद्युतको शेयरमा खरीद आकर्षण बढिरहेको हो । भाउ सस्तो भएका कारण दैनिक जसो सस्तो शेयरमूल्य भएका कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागिरहेका छन् ।
केही समयअघि मात्रै डेढ दर्जन कम्पनीहरुको शेयरमूल्य अंकित मूल्यभन्दा तल झरेर अण्डभ्यालुड भएकोमा लगानीकर्ताहरुको लगानी बढ्दा अहिले सबै कम्पनीको भ्यालु बढेका छन् ।
साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक ४.१७ अंकले बढेर १ हजार ५८६ दशमलव २९ को बिन्दुमा बन्द भएको छ। ठूला कम्पनीहरुको सूचक मापक सेन्सेटिभ इन्डेक्स ०.७६ अंकले बढेर ३१३.२२ अंकमा पुगेको छ।
आज १९५ कम्पनीका ९९ लाख ४९ हजार ३१७ कित्ता शेयर ३९ हजार २३६ पटक खरीद बिक्री हुँदा कारोबार रकम २ अर्ब ५१ करोड ५ लाख ८५ हजार रुपैयाँ पुगेको छ । सोमबारको तुलनामा कारोबार रकम ६ करोड ८१ लाख कम हो । यद्यपी बजारमा नयाँ कम्पनी थपिँदा बजार पूँजीकरण २१ खर्ब १४ अर्ब ३४ करोड रुपैयाँमा संकुचन भएको छ ।
आजको खरीद बिक्रीको अवस्थालाई हेर्दा बजारमा मूल्य घटाएर किन्द खोज्नेहरु अधिक रहँदा खरीदचाप नै उच्च देखिन्छ । एक एक रुपैयाँमा चर्को बार्गेनिङ्ग चलेको बजारमा बिक्रीकर्ताले पनि मूल्य घटाएर नबेच्दा कारोबार रकम केही खुम्चिएको हो ।
लगानीकर्ताको मनोविज्ञान शेयर बजारप्रति सकारात्मक हुँदा पनि बजार टिकाउ भैरहेको छ । दिनप्रतिदिन प्राथमिक बजारमा आईपीओ भरेर थपिँदै गएका नयाँ लगानीकर्ता थपिँदा बजारमा कारोबारीको संख्या पनि विस्तारै बढ्दै गएको छ ।
घट्दो ब्याजदर तथा विभिन्न बैंकले सस्तो ब्याजदरमा बिना धितो शेयर कर्जा प्रवाह गर्न थालेपछि शेयर बजारमा उत्साह कायम नै छ । लाभांशको सिजन भएकाले पनि बजारमा लगानीकर्ता बढ्दै गएका छन् ।
६ उपसमूहको सूचक बढ्यो, ६ वटा कै घट्यो
आज कारोबारमा आएका कुल १२ वटा उपसमूहमध्ये ६ उपसमूहको सूचक बढेको छ भने ६ वटाकै तल झरेको छ । जलविद्युतको सूचक ५.१२ प्रतिशतले बढ्दा ब्यापार, वित्त, विकास बैंक, उत्पादन र अन्यको सूचक समान्य बढेका छन् ।
उता निर्जीबन बीमा, लघुवित्त, जीबन बीमा, म्युचुअल फण्ड, बैंकिङ्ग र होटल उपसमूहको सूचक समान्य ऋणात्मक रह्यो।
नेशनल हाइड्रोको सर्वाधिक कारोबार
मंगलबार नेशनल हाइड्रोपावरको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । कम्पनीको १० लाख ५३ हजार ६९२ कित्ता शेयर ११ करोड २९ लाख ५१ हजार रुपैयाँ बढीको कारोबार भएको छ।
सानिमा माई हाइड्रोपावरको १० करोड ७५ लाख ९७ हजार रुपैयाँ, अरुण काबेलीको ९ करोड ६२ लाख, अपि पावरको ९ करोड ८९ लाख, हिमाल दोलखा हाइड्रोपावरको ८ करोड ९४ लाख, अरुण भ्याली हाइड्रोपावरको ८ करोड ५४ लाख, नेपाल बैंकको ८ करोड १९ लाख, एनएमबि बैंकको ६ करोड ७४ लाख, नेपाल रि इन्स्योरेन्स कम्पनीको ६ करोड २९ लाख, र कुमारी बैंकको ६ करोड ६ लाख रुपैयाँ बढीको शेयर खरीद बिक्री भएको छ ।
Symbol | Turnover | Closing Price | |
---|---|---|---|
As of 2020-10-06 15:00:00 | |||
NHPC | 112,951,844.00 | 110.00 | |
SHPC | 107,597,580.00 | 319.00 | |
AKPL | 96,261,454.00 | 252.00 | |
API | 90,089,730.00 | 217.00 | |
HDHPC | 89,436,637.00 | 136.00 | |
AHPC | 85,455,331.00 | 240.00 | |
NBL | 81,962,808.00 | 335.00 | |
NMB | 67,415,975.00 | 415.00 | |
NRIC | 62,902,371.00 | 877.00 | |
KBL | 60,681,441.00 | 226.00 |
अधिकांश हाइड्रोपावरका शेयरधनीले कमाए
आज हाइड्रोपावर समूहका अधिकांश कम्पनीको शेयरमा लगानी गरेका लगानीकर्ताले कमाएका छन् । शीर्ष शेयरमूल्य बढ्ने दश कम्पनीमा ९ वटा हाइड्रो छन् भने सबैको ९ प्रतिशत धेरैले मूल्य बढेको छ ।
धेरै शेयरमूल्य बढ्न, उच्च कारोबार रकम र कारोबार संख्यामा पनि हाइड्रोपावर कम्पनी पर्नुले यस क्षेत्रमा चमक आएको आंकलन गर्न सकिन्छ । आजको बजारमा १५ वटा कम्पनीको शेयरमूल्य ९ प्रतिशत धेरैले बढेको छ ।
ङादी ग्रुप पावर, नेपाल फाइनान्स, नेशनल हाइड्रोपावर, माउन्टेन हाइड्रोपावर र दिव्यश्वरी हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।
Symbol | LTP | Point Change | % Change |
As of 2020-10-06 15:00:00 | |||
NGPL | 198.00 | 18.00 | 10.00 |
NFS | 286.00 | 26.00 | 10.00 |
NHPC | 110.00 | 10.00 | 10.00 |
MHNL | 154.00 | 14.00 | 10.00 |
DHPL | 121.00 | 11.00 | 10.00 |
RHPL | 210.00 | 19.00 | 9.95 |
KKHC | 122.00 | 11.00 | 9.91 |
KPCL | 178.00 | 16.00 | 9.88 |
SJCL | 190.00 | 17.00 | 9.83 |
BARUN | 180.00 | 16.00 | 9.76 |
यसैगरी रसुवागढी हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, कालिका पावर, साञ्जेन जलविद्युत कम्पनी र बरुण हाइड्रोपावर शीर्ष शेयरमूल्य बढ्ने दश कम्पनीमा समेटिएका छन् । रिडी हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर, रैराङ हाइड्रोपावर, युनिभर्सल पावर कम्पनी र छ्याङ्दी हाइड्रोपावरको शेयरमूल्य पनि ९ प्रतिशतले वृद्धि भएको छ ।
पछिल्लो समय सबै हाइड्रोपावर कम्पनीको शेयरमूल्य बढिरहेकाले लगानीकर्ताले संस्थागत सुशासन राम्रो भएका, सकारात्मक वित्तीय सूचक, निरन्तर लाभांश वितरण गरेका तथा आयोजना सम्पन्न हुन लागेका कम्पनीमा लगानी गर्दा अन्यको तुलनामा कम जोखिम भई लगानी सुरक्षित हुन सहयोग पुग्ने देखिन्छ ।
अरुण भ्यालीका शेयरधनीहरुले धेरै गुमाए
मंगलबारको कारोबारमा अरुण भ्याली हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको शेयर ४ प्रतिशतले घटेर २४० मा झरेको हो ।
यसैगरी एनआरएन लघुवित्त, कामना सेवा विकास बैंक, एनआईबिएल समृद्धि फण्ड १ र कर्णाली डेभलपमेन्ट बैंकको शेयरमूल्य ३ प्रतिशतले घटेको छ । श्री इन्भेष्ट एण्ड फाइनान्स, कालिका लघुवित्त, मिथिला लघुवित्त, सिदार्थ इन्स्योरेन्स र मिर्मिरे लघुवित्तको शेयरमूल्य भने घटेको छ ।
Symbol | LTP | Point Change | % Change |
---|---|---|---|
As of 2020-10-06 15:00:00 | |||
AHPC | 240.00 | -10.00 | -4.00 |
NLBSL | 1,015.00 | -35.00 | -3.33 |
KSBBL | 213.00 | -7.00 | -3.18 |
NIBSF1 | 9.61 | -0.30 | -3.03 |
KRBL | 130.00 | -4.00 | -2.99 |
SIFC | 184.00 | -5.00 | -2.65 |
KMCDB | 726.00 | -18.00 | -2.42 |
MLBBL | 743.00 | -17.00 | -2.24 |
SIL | 758.00 | -17.00 | -2.19 |
MMFDB | 905.00 | -20.00 | -2.16 |
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया