प्रभु बैंकको गण्डकी मेडिकल कलेजमा एक्स्टेन्सन काउण्टर सञ्चालन

0
Shares

प्रभु बैंकले असोज २१ गतेदेखि कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. ०९ स्थित गण्डकी मेडिकल कलेजमा आप्mनो एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।

गण्डकी मेडिकल कलेज परिसरमा आज बिहान १०ः०० बजे गण्डकी मेडिकल कलेजका प्राध्यापक प्रा. डा. रबिन्द« श्रेष्ठले एक समारोहका बी एक्स्टेन्सन काउण्टरको उद्घाटन गरेका थिए ।

गण्डकी मेडिकल कलेजमा सञ्चालित एक्स्टेन्सन काउण्टरबाट बिहान ८ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म उपचार तथा स्वास्थ्य सम्बन्धी कार्यको सिलसिलामा गण्डकी मेडिकल कलेजमा आउने सम्पुर्ण सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध हुनेछ ।

उपचारको सिलसिलामा गण्डकी मेडिकल कलेजमा आउने सेवाग्राहीहरुले बुझाउनु पर्ने जुनसुकै रकम विना झण्झट सरल एवं सहज रुपमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा जम्मा गर्न पाउनेछन् ।

यस एक्स्टेन्सन काउण्टर सञ्चालन पश्चात् मेडिकल कलेजको आर्थिक क्रियाकलाप बैंकिङ्ग प्रणाली मार्पmत् हुने भई प्रशासनिक सहजता प्राप्त हुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

साथै, समाजसेवी भावनाले सामाजिक क्रियाकलापहरुलाई निरन्तरता दिएको यस बैंकले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सेवाग्राहीहरुको सेवामा समेत उल्लेख्य योगदान पु¥याउने प्रण गर्दछ ।

प्रभु बैंकले २०८ वटा शाखा कार्यालय, १९२ वटा एटिएम, ५३ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्पmत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।