झण्डै ३ अर्बको कारोबार भएको शेयर बजारमा दोहोरो अंकको गिरावट, बैकिङ सूचकले घटायो


निरन्तर उकालो लागि रहेको शेयर बजार परिसुचक नेप्से साताको अन्तिम दिन दोहोरो अंकको गिरावटसँगै बन्द भएको छ । एकाध बाहेकका सूचकमा गिरावट आउँदा वाणिज्य बैंक समुहमा आएको गिरावटले बजार दोहोरो अंकले घटेको हो ।

निरन्तर बढ्ने क्रममा रहेको बजारमा करेक्सन आएको आँकलन गरिएको छ । साविकका दिनमा जस्तै बिहीबार कारोबार रकम भने ३ अर्ब नजिक पुगेको छ । नाफा सुरक्षित गर्नेहरुले बिक्री गरेको शेयर धमाधम अन्य लगानीकर्ताले खरिद गरेका कारण कारोबार रकम भने २ अर्ब ९० करोड ५० लाख ५६ हजार रुपैंया कायम भएको हो ।

बिहीबार १९३ कम्पनीका १ करोड ११ लाख ६४ हजार ५०६ कित्ता शेयरहरु ४८ हजार १९९ पटक किनबेच भएका छन् । यस क्रममा बजार परिसुचक नेप्से ११.३४ अंकले घटेर १५८९.६३ अंकमा अडिएको छ । ठुला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.६५ अंकले घटेर ३१४.७४ अंकमा अडिएको बजारमा अधिकांस समुहमा गिरावट आएको छ ।

बिहीबार वित्त सूचकमा ३१.७२ अंकको सुधार आएको छ । योसँगै वित्त कम्पनीको उपसमुह ८४३.३१ अंकमा उक्लिएको छ । त्यसैगरि लघुवित्त उपसमुह ०.८५ अंकले बढेको छ भने सामुहिक लगानी कोषहरुको सूचक ०.०२ अंकले उकालो लागेको छ ।

Sub-Indices Current Points Change %Change  
Banking 1,266.51 8.71 0.68  
Trading 1,068.60 2.37 0.22  
Hotels 1,786.66 31.04 1.71  
Development Bank 2,058.95 20.99 1.01  
HydroPower 1,402.69 44.57 3.08  
Finance 843.31 31.72 3.91  
Non Life Insurance 7,897.68 74.31 0.93  
Manu.& Pro. 3,121.53 13.35 0.43  
Others 1,025.22 5.92 0.57  
Microfinance 2,541.44 0.85 0.03  
Life Insurance 9,570.53 24.16 0.25  
Mutual Fund 10.60 0.02 0.14  

बिहीबार निर्जीवन बीमा कम्पनीको सूचकमा सबैभन्दा धेरै अर्थात ७४.३१ अंकको गिरावट आएको छ भने जलविद्युतमा ४४.५७, होटलमा ३१.०४, जीवन बीमामा २४.१६, विकास बैंकमा २०.९९ र उत्पादन समुहमा १३.३५ अंकको गिरावट आएको छ । त्यसैगरि बजार घट्नलाई सबैभन्दा धेरै टेवा पुर्याएको वाणिज्य बैंक उपसमुहमा ८.७१ अंकको गिरावट आएको छ । अन्य समुहमा ५.९२ अंकको गिरावट आएको बजारमा व्यापार समुहमा २.३७ अंकको गिरावट आएको छ ।

बजार घट्दै गर्दा ५० कम्पनीको शेयर मूलय बढेको छ । यसरी शेयर मूल्य बढ्ने अधिकांस कम्पनीहरु साना तथा मझौला आकारका छन् । १३ कम्पनीको शेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले बढेको छ ।

Symbol LTP Point Change % Change
As of 2020-10-08 15:00:00
MPFL 154.00 14.00 10.00
KRBL 157.00 14.00 9.79
SFCL 158.00 14.00 9.72
GUFL 163.00 14.00 9.40
GRDBL 170.00 14.00 8.97
RLFL 185.00 15.00 8.82
GMFIL 185.00 15.00 8.82
BFC 150.00 12.00 8.70
ICFC 224.00 14.00 6.67
CFCL 177.00 11.00 6.63

दोहोरो अंकले बजार घट्दा सबैभन्दा धेरै शेयर मूल्य घट्ने कम्पनीको शिर्षस्थानमा सिनर्जी पावर कम्पनी परेको छ । सिनर्जीको प्रतिकित्ता शेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले घटेको बजारमा पाँचथर पावर, लिबर्टी इनर्जी, रसुवागढी, अरुण काबेली लगायत जलविद्युत कम्पनीहरुको शेयर मूल्यमा धेरै गिरावट आएको छ । १९ वटा जलविद्युत कम्पनीको शेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

शेयर मूलय घट्दै गर्दा अधिका कारोबार हुने कम्पनीको सूचीमा पनि जलविद्युत कम्पनीहरुको दवदबा देखिएको छ । अधिक कारोबार हुने कम्पनीका सूचीको पहिलो स्थानमा अरुण काबेली रहेको छ भने नेशनल हाइड्रो सहितका ५ जलविद्युत कम्पनी अधिक शेयर किनबेच हुनेको सूचीमा परेका छन् । त्यसैगरि कुमारी बैंक, शिवम सिमेण्ट, नेपाल पुनर्बीमा कम्पनी लगायत रहेका छन् ।

Symbol Turnover Closing Price
As of 2020-10-08 15:00:00
AKPL 124,180,453.00 250.00
NHPC 103,703,242.50 123.00
SHPC 89,709,028.00 340.00
KBL 86,067,501.00 230.00
AHPC 71,818,430.00 269.00
HDHPC 69,918,077.00 143.00
SHIVM 68,761,406.00 793.00
NRIC 63,332,030.00 868.00
NCCB 57,098,622.00 230.00
HIDCL 55,570,672.00 197.00