केयर रेटिङ्सको साधारण सभा


केयर रेटिङस नेपालले कार्तिक ३ गते सोमबार साधारण सभा बोलाएको छ ।

कम्पनीले गत आर्थिक वर्षको कमाईबाट २१.०५२६३ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, नाफा नोक्सान हिसाब लगायतका वित्तीय विवरण पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव साधारण सभाले अनुमोदन गर्दैछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।