सुन तथा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?


शुक्रबार सुन तथा चाँदीको मूल्यमा वृद्धि भएको छ । बिहीबार तोलाको ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ९ सय रुपैंयाले बढेको छ । यो सँगै प्रतितोला छापावाल सुनको मूल्य ९४ हजार ८ सय रुपैयाँ पुगेको छ । त्यसै गरि तेजावी सुनको मूल्य पनि शुक्रबार ९ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार ३ सय रुपैयाँ पुगेको छ ।

उता प्रतितोला चाँदीको मूल्य पनि शुक्रबार १५ रुपैंयाले बढेर १ हजार १ सय ९५ रुपैयाँ पुगेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।